निर्णय नं. ३४३८ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४३८ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३२ ७६९ निर्णय नं. ३४३८ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट .नं. २४०५ आदेश भएको मिति : २०४५।२।३२।३ मा निवेदक : का.जि. डाँछी गा.पं. वडा नं. ३ बस्ने मेघ मान कुइकेल विरुद्ध विपक्षी : मालपोत कार्यालय, काठमाडौं मालपोत विभाग, काठामाडौं विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) दावीको जग्गा फिल्डबुकमा पर्ति जनिएको भए पनि यी निवेदकको हक भोग भित्रको जग्गा रहे भएको प्रमाणित हुन आएमा दर्ता गरिदिन नमिल्ने भन्न कानूनसंगत नुहने । (प्रकरण नं. ९) प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. साविक कृष्णबहादुर थापाका नाउँमा चाँगु मौजाको रै.नं. २१२०, ३१३०, ३१२२, ३१२३, ३१२४ मा दर्ता भएको जग्गा ०१६।२।१४ मा मैले राजीनामा गराई लिएको २००० सालको नापीमा क्रमशः ६७२, ६७३, ६७४, ६७५ र ६७६ कायम भएको २०२१ सालको नापीको अवस्थामा डाँछी गा.पं. वडा नं. ३(ख) कि.नं.१९६ क्षेत्रफल १२–०–० कायम भई नापी अवस्थामा दर्ता हुन बाँकी रहेको थियो । यसरी मेरो राजीनामा भित्रको जग्गा दर्ता गरिपाउँ भनी मालापोत कार्यालयमा निवेदन दिएकोमा साविक दर्ता तिरो भित्रको जग्गा हो भनी पञ्चायतले पनि सिफारिश गरिदिएको आधारमा गो.प.मा आवश्यक व्यहोरा खुलाई हक दावीको लागि सूचना समेत प्रकाशित भएको थियो । निश्चित म्यादभित्र कतैबाट हक दावी पर्न नआएकोले जग्गाको साँध संधियारबाट सरजमीन पनि भएको सो बमोजिम जग्गा दर्ता समितिमा पेश हुँदा मेरो नाउँमा दर्ता गरिदिने सिफारिश समेत भई जग्गा दर्ताको लागि मालपोत विभागमा पठाइएको अवस्थामा जग्गा पर्ती जनिएकोले दर्ता गर्न नमिल्ने भनी मिसिल तामेलीमा राख्ने आदेश ०४३।११।१० मा भएकोछ । अतः मेरो सम्पत्ति बिना कारण अपहरित भएकोले मालपोत कार्यालयको ०४३।११।१० को तामेलीमा राख्ने आदेश निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी जग्गा दर्ता गरिदिनु भन्ने उपयुक्त आदेश जारी गरिदिनु भन्ने समेत व्यहोराको निवेदन । ३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको आदेश । ४. जग्गा दर्ता गर्ने सम्बन्धमा गठित समितिको सिफारिश पछि विभागीय स्वीकृति भई नआएमा केवल सिफारिशका आधारमा मात्र दर्ता गर्न नमिल्ने विपक्षीको कार्यवाही उपर विभागीय स्वीकृति भई नआएको फिल्डबुकमा दावीको जग्गा पर्ती जनिएको २०१६ सालमा राजीनामा पास गरिदिएको भनेको जग्गा २०२१ सालमा सर्भे नाप नक्शा हुँदा नै विपक्षीले कमाएको देखिन्छ । म आफू जग्गाधनी छु भनेको फिल्डबुकमा जग्गाधनीको र मोही खाली रहेको जग्गा नाप जाँच गराउन छूट भएको अवस्थामा पुनः म्यादभित्र गई उजूर गर्नु पर्नेमा सो पनि नगरेको विपक्षीको जग्गा हो भन्ने आधार प्रमाण कहींकतैबाट पुष्टि नभएको अवस्थामा निवेदककै जग्गा हो भनी दर्ता गरिदिन मिल्ने नदेखिएबाट विभागीय स्वीकृति नभै तामेलीमा रहने भनी भएको निर्णयबाट विपक्षीको सम्पत्ति अपहरित नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालयबाट प्राप्त लिखितजवाफ । ५. विपक्षीले राजीनामा पास गरी लिएको आफैंले भोगचलन गरेको भ