निर्णय नं. ३४३९ - बन्दी–प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४३९ - बन्दी–प्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०२/२७ ५५५ निर्णय नं. ३४३९ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट .नं. २३५८ आदेश भएको मिति : २०४४।२।२७ निवेदक : डेनमार्क फदेर मेकस स्कोप ३५ ए १३६० डेनमार्क घर भई हाल सदरखोर शाखा चारखाल डिल्ली बजारमा थुनामा रहेको पा.पो. नं. ४२०३२६१ को जेम्स मङक क्रिश्चेशन विरुद्ध विपक्षी : श्री बागमती विशेष अदालत, सिंहदरवारसमेत विषय : बन्दी–प्रत्यक्षीकरण (१) गाँजा लागू औषधी भित्र नपर्ने र दफा ३ को स्पष्टीकरणले गाँजा भन्नाले चरेश समेतलाई जनाउने व्यवस्था गरेबाट प्रस्तुत चरेश सेवनको लागि राखेको भनी अदालतमा साबित भएको मुद्दा उक्त दफा ४ को (ख)(ग)(घ)(ङ) र (च) अन्तर्गत नपरेको र चरेश खानको लागि राखेकोमा दफा १४ ले बढीमा १ महीना कैद वा रु.१०००।– सम्म मात्र जरिवाना वा दुवै सजायँ हुने हुँदा अ.बं. ११८ को देहाय ३ भित्र नपर्ने भई हुँन सक्ने सजायँको धरौट लिई तारेखमा राख्न पर्नेमा थुनामा राखेको कानून अनुरुप नदेखिएकोले माग बमोजिम रिट जारी हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री शुसिल पन्त विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.हिरण्येश्वर मान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. म निवेदक डेनमार्कबाट का.न.पं. वडा नं. २ टंगाल स्थित तुल्सी नैना कुन्जमा बसेकोमा प्रत्यर्थी नं. ३ ले म बसेको कोठा खानतलाशी गरी १ किलो ६०० ग्राम चरेश वरामद गरे, उक्त चरेश सेवन गर्ने उद्देश्यले किनेको हुँ भन्ने बयान गरेको छु । प्रत्यर्थी ३ नं. ले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (ग) (घ) (ङ) र (च) को अपराध गरेको भनी दफा १४(ग) अन्तर्गतको सजायँ माग गरी प्रतिवेदन पेश गर्नु भएको छ । ३. सो प्रतिवेदनको आधारमा गैरकानूनी रुपमा थुनामा राखेको छ, मलाई थुनामा राख्दा अ.बं. ११८ को देहाय ३ बमोजिम पुर्पक्षको निमित्त थुुनामा राख्न अ.बं. १२१ नं. बमोजिम थुनुवा पुर्जी समेत दिनु भन्ने उल्लेख गरेको छ । ४. लागू औषधिको परिभाषा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ र संशोधित औषध (नियन्त्रण) ऐन, २०४३ को दफा ३(३) ले व्यवस्था गरेको प्रतिबन्धात्मक वाक्यांश अनुसार यस दफाको खण्ड (ख) (ग) (घ) (ङ) र (च) को प्रयोजनका लागि औषध भन्नाले गाँजालाई जनाउने छैन भन्ने उल्लेख छ, लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३(ख) ले गाँजाको परिभाषा गरेको छ उक्त दफा ३(ख)(२) अनुसार चरेशलाई पनि गाँजामा समावेश गरिएको छ, गाँजाको लागि अपराधको व्यवस्था लागू औषध (नियन्त्रण) ऐन, २०४३ को दफा ३(क) ले गरेको छ भने सजायँको व्यवस्था दफा १४(१)(क) ले गरेको छ, उक्त दफा १४(१)(क) अनुसार सेवन गर्नेलाई १ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना र खेती गर्ने वा उत्पादन गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ, यसप्रकार मलाई बढीमा १ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेमा अ.बं. को ११८ को देहाय ३ प्रयोग नै हुन नसक्ने र अ.वं. को ११८ को देहाय (५) बमोजिम तारेखमा राखिनु पर्नेमा थुनामा राखिएको गैरकानूनी छ, बागमती विशेष अदालतलाई यो मुद्दा हेर्न पाउने अधिक