निर्णय नं. ३४४० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४० - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/०९ ५५८ निर्णय नं. ३४४० ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५४४, ५६१ फैसला भएको मिति : २०४५।२।९।१ मा पुनरावेदक/वादी : पनिलाल राय यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रौतहट धरमपुर गा.पं. वार्ड नं. ४ धनाडी बस्ने कुली मियाँसमेत पुनरावेदक/प्रतिवादी : कारागार शाखा पर्सा वीरगन्जमा थुनामा रहेको कुलिमियाँ विरुद्ध विपक्षी/वादी : पनिलालको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) श्री ५ को सरकारतर्फबाट अ.बं. ११५ नं. समेत प्रयोग गरी सरजमीनका मानिस बुझिनु पर्ने भन्ने हकमा सरजमीनका मानिस मध्ये कोही पनि वारदात देख्ने र मुद्दाको निर्णयमा खास असर पार्न सक्ने किसिमको बकाई भएको कोही नदेखिएकोले सो जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. २२) (२) बकपत्र गर्ने जाहेरवालाले नै अरु प्रतिवादीहरू उपर शंका लाग्दैन भनी बकेका र मौका सरजमीनका मानिसले पनि शंका लाग्दैन भनी देखाएको, अदालतमा आई अन्तै रहे भएको देखाई इन्कार हुने प्रतिवादीहरूले निजहरूको साक्षीले सो इन्कारी पुष्टी हुने गरी बकेको छँदै पोल बमोजिम अरु प्रतिवादीहरूले नै मारेको ठहर्‍याउन कानूनी सर्वमान्य सिद्धान्तको बिपरीत पर्ने । (प्रकरण नं. २२) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहायक न्यायाधिवक्ता श्री रघुनाथ अर्याल पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. २०४० साल भाद्र २ गतेका दिन जिल्ला रौतहट धरमपुर गा.पं.वा.नं. ५ बस्ने पनिलाल रायको आमा वर्ष ६४ की चुलीमाया देवीलाई छुरी हानी कर्तव्य गरी मारेको छ भन्ने खबर पाउना साथ घटनास्थलमा गई लाश कुरुवा बसी जाहेरी गर्न आएको छु, कानून बमोजिम कारवाही गरिपाउँ भन्ने प्र.ज.हरिबहादुर घलेको २०४०।५।३।६ मा प्रतिवेदन परेको । ३. यहि २०४० साल भाद्र २ गतेका दिन बिहान मेरो आमा चुल्हीया देवी यादवनी गाउँ देखि दक्षिण अं. १० विगहा टाढामा रहेको आफ्नै अम्बाको बगैंचामा रखवाली गर्न गएकोमा सोही दिन दिउँसो २ बजेको समयमा आमालाई खाना खान पठाउने विचारले बगैंचामा जाँदा आमाको मृत्यु भएको देखी प्रहरीमा खबर गरी जाहेरी दर्खास्त गर्न आएको छु । मेरो आमाको ज्यान मार्ने अपराधी पत्ता लगाई पक्राउ गरी कानून बमोजिम सजायँ गरिपाउँ भन्ने पनिलाल राय यादवको २०४०।५।३।६ मा प्रहरीमा जाहेरी दर्खास्त परेको । ४. मिति २०४०।५।३।६ मा प्रहरी अधिकृतको डोर घटनास्थलमा पुगी लाशजाँच प्रकृति विवरण मुचुल्काको काम सम्पन्न गरी मृतक चुल्हिया देवीको लाशजाँच गर्न गौर अस्पतालमा पठाउँदा घाँटीको हड्डी खुस्की बढी रगत बगेको कारणबाट मृत्यु भएको देखिन्छ भन्ने मिति २०४०।५।५ को गौर अस्पतालको लाशजाँच पोष्टमार्टम फाराम । ५. प्र.ज. वीरेन्द्रबहादुर खड्काको प्रतिवेदन साथ दाखिल हुनआएको बयान कागज गराउँदा जाहेरवालाको आमा चुल्हीया देवीलाई सम्सेरमियाँ, अहमद मियाँ र म समेतका ३ जनाले समातेको तथा गनी अहमदले आफूसँग भएको चाकू घोची घाँटी काटेको हो । नेक महमद मियाँ र ऐनुल मियाँले पैसाको लोभ देखाई मार्न लगाएका हुन भनी ज्यान मारेमा आफू सावित भई मिति २०४०।७।१०।५ मा कुलिमियाँ ध