निर्णय नं. ३४४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४४१ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/१२ ४९८ निर्णय नं. ३४४१ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट नं. २१६९ आदेश भएको मिति : २०४५।२।१२।४ मा निवेदक : जनकपुर डिस्ट्रिलरी, महेन्द्र नगर धनुषाको प्रोप्राईटर का.जि.का. न.पं. वार्ड नं. ११ थापाथली बस्ने मस्कुर महमद लारी विरुद्ध विपक्षी : कर कार्यालय, जनकपुर, जनकपुर धाम विषय : उत्प्रेषण (१) आयोगलाई भएको अधिकार मध्ये केही मात्र प्रत्यायोजन गर्न पाउने भएको र यसबाट कर निर्धारण गर्ने अधिकार समेत दिन पाउने भनी अर्थ गर्दा कर फछ््र्यौट आयोगको उद्देश्यको नै बिपरीत पर्न जानुको साथै कर निर्धारण गर्ने गरेको अर्धन्यायिक अधिकार समेत सुम्पन सक्ने अवस्था पर्न जाने भई न्याय सिद्धान्तको बिपरीत पर्न जाने भएकोले उत्प्रेषणको आदेशद्वारा कर निर्धारण आदेश बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. अतिरक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. जनकपुर डिस्ट्रिलरीले कानून बमोजिम मासिक फाँटवारी अनुसार आ.व. २०३६।०३७ मा मिति २०३७।२।१४ देखि २०३७ आषाढ तकको बिक्रीकर रु.६०,२६७।– को फाँटवारी पेश भइरहेको बिपरीत हाल एकमुष्ट रु.७०,९११।१३ कायम गर्नु भएको र आ.व. २०३७।०३८ मा मासिक फाँटवारी पेश भई सो फाँटवारी अनुसार कर कार्यालय जनकपुरले बाँकी बिक्री करको रकम समर्थन गरी सकेको रकम बिक्रीकर रु.५,५३,९५६।२४ को बिपरीत सो भन्दा बढाई एकमुष्ट रु.१०,३२,०००।– कायम गर्नु भएको कुनै कानूनी आधार देखाउनु भएको छैन । त्यस्तै गरी आ.व. २०३८।०३९ मा रु.७,२२,६१२।९३ बिक्री करको फाँटवारी बिपरीत हाल बिना आधार एकमुष्ट रु.१२,१९,४५१।२१ कायम गर्नु भएको र आ.व. २०३९।०४० मा बिक्रीकर रु.४,५७,०२५।७६ को फाँटवारी बिपरीत रु.१०,५२,१००।– कायम गर्नु भएको अनाधिकार देखिएको र त्यस माथि पनि कर कार्यालय जनकपुरको मिति २०४०।१०।२२ र २०४१।१।१७ को पत्रबाट यस डिस्ट्रिलरीले तिर्नुपर्ने बाँकी कर जरिवाना बाहेकको रु.८,३३,६४५।४४ देखिएको रेकर्ड हुँदाहुँदै हाल २०४२।९।२९ का उपरोक्त बिक्रीकर निर्धारण आदेशहरूबाट आ.व. २०३७।०३८ मा दाखिल गर्नु पर्ने बाँकी रु.२,२८,६८६।३८ आ.व. २०३८।०३९ मा बाँकी रु.८,४०,३९९।७५ र आर्थिक वर्ष २०३९।०४० को दाखिल गर्नुपर्ने बाँकी बिक्रीकर रकम रु.८,३०,३८१।५९ समेत जम्मा तिर्नुपर्ने बाँकी रु.१८,९९,४६७।६९ देखाई सरकारी बाँकी सरह असूल गर्न लाग्नु भएको कारवाही आफ्नै कार्यालयको रेकर्डतर्फ ध्यान नदिई त्रुटिपूर्ण अनाधिकार निर्णय एवं कारवाही भइरहेको प्रष्ट छ । ३. कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा ३ र दफा ५ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकार अर्थ मन्त्रालयले बिक्रीकर फछ्र्र्यौट आयोग मिति २०४२।३।१७ मा गठन गरी राजपत्र खण्ड ३५ संख्या, १२ मिति २०४२।३।१७ मा प्रकाशित गरिएको छ उक्त कर फछ्र्यौट आयोगले फछ्र्यौट गर्नुपर्ने कामको सम्बन्धमा दर्ता कायम रहेको सम्पूर्ण बिक्रेताको शुरु देखि आर्थिक वर्ष २०३९।४० सम्म बिक्रीकर निर्धारण हुन बाँकी केशको वार्षिक कर निर्धारण गर्न र कर अधिकृतलाई भएका सम्पूर्ण अधिकार प्रयोग गरी गर्ने भनी तोकिएको र उक्त आयोगको