निर्णय नं. ३४४२ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४२ - लिखत दर्ता बदर भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०३/१६ ५४६ निर्णय नं. ३४४२ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६६७ फैसला भएको मिति : २०४५।३।१६।५ मा पुनरावेदक/प्रतिवादी : मोरङ जिल्ला दादर वैरिया गा.पं.वा.नं. १ बस्ने जीवकुमारी पन्त विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने धर्मकान्त पन्तसमेत मुद्दा : लिखत दर्ता बदर (१) घरको मुख्यले मञ्जूर गरी सट्टा–पट्टा लिखत गरी पास समेत गरी दिई चित्त नबुझेको कुरामा उजूर नगरी चित्त बुझाई बसेको स्थितिमा एकाघर सगोलका अरु अंशियारले उजूर गर्न पाउने सम्बन्धित सट्टा–पट्टा गरी लिने सम्बन्धमा लेनदेन व्यवहारको ३६ नं. मा व्यवस्थै नहुँदा यस्तो कानूनले व्यवस्था नै नगरेको दावीको आधारमा विवादको पास भएको लिखत मध्येको वादी विपक्षीहरूको जति बदर हुने ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहन कृष्ण खरेल फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ : २. हाम्रा पति पिता भूवन कान्तले मोरङ दादर वैरियाको घर जग्गा र जीवकुमारीले मोरङ थलाहाको जग्गा खाने गरी २०३७।११।३० गते सट्टा–पट्टा लिखत खडा गरी पास समेत भई आ–आफ्नो जग्गा भोगचलन गरी उजूर गर्ने म्याद व्यतित भइसकेकोमा मानसिक स्थिति दुर्वल भई दिमागी सन्तुलन स्थिर नभएका भूवन कान्तलाई मोरङ मालपोत कार्यालयमा लिई गई थलाहा गा.पं.वार्ड नं. ७(घ) कि.नं.२२,३४,३३,२० को जग्गा पनि पिता भुवन कान्तका नाउँमा हुने र दादर वैरिया गा.पं. वार्ड नं. १ख कि.नं.४०, ६८ को जग्गा विपक्षी जीवकुमारीका नाउँमा दर्ता हुने गरी सट्टा–पट्टाको लिखत २०३८।१।२६ गते पारित गराएछन हाम्रो समेत अंश हक लाग्ने जग्गा हाम्रो मञ्जूरी बेगर सट्टा–पट्टा लिखत पास गरे गराएकाले बदर गरिपाउँ भन्ने फिराद । ३. वादी दावी झुठ्ठा हो । मेरो पत्नी श्यामा देवी पन्तले आमाको सम्पत्ति हात पार्ने नियतले म सद्दे मानिसलाई मानसिक स्थिति ठीक नभएको भनी झुठ्ठा दावा गरेको हो मैले आफ्नो स्वास्नी, छोरा र बृद्ध आमालाई फाइदा पुर्‍याउन कुनै काम गरेको होइन छैन । आमालाई रु.६०,०००।– थपी दिने शर्त गरी सट्टा–पट्टाको कागज भएको थियो, शर्त अनुसार आमालाई रुपैयाँ बुझाउन नसकेबाट आमाको सम्पत्ति आमालाई फिर्ता गरी मेरो सम्पत्ति मेरै कायम रहने गरी सट्टा–पट्टा लिखत पास गरेको हो, झुठ्ठा दावाबाट फूर्सद गरिपाउँ भन्ने भूवन कान्तको प्रतिउत्तर । ४. वादी दावी अनुसार वादीहरूलाई हानी र मलाई फाइदा हुने किसिमबाट वादी समेतको हक लाग्ने सम्पत्तिमा सट्टा–पट्टा गरेको होइन छैन । भुवन कान्त नाउँको जग्गा मेरो नाउँमा लिने र मेरो जग्गा निजलाई दिने सट्टा–पट्टाको कागज गरेकोमा मेरो जग्गा मलाई फर्काएको हो भन्ने समेत जीवकुमारी पन्तको प्रतिउत्तर । ५. दावीको जग्गाहरू प्र.भुवन कान्तकै आर्जनको देखिई सो जग्गाहरू लिखत गरिदिन वादीहरूको मञ्जूरी लिई रहनु पर्ने कुनै पनि व्यवस्था नदेखिँदा २०३८।९।२६ को पारित सट्टा–पट्टाको लिखत र लिखत बमोजिमको दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मोरङ जि.अ. को २०४०।९।२४ को फैसला । ६. मोरङ जिल