निर्णय नं. १०९८४ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९८४ - फैसला बदर भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०६/०६ १६९२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।६।६ ०७२-NF-०००४ मुद्दाः फैसला बदर पुनरावलोकनकर्ता / वादी : जिल्ला सप्तरी गा.वि.स. पातो वडा नं. २ बस्ने सफिद महमद मियाँ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. पातो वडा नं. ४ बस्ने शोभाकान्त चौधरी जग्गा सार्वजनिक कायम हुने देखिएको अवस्थामा सो जग्गा जे जुन प्रक्रियाबाट व्यक्तिको निजी कायम गरी दर्ता भएको भए पनि त्यस्तो दर्ताले कानूनी मान्यता पाउन नसक्ने । जग्गाको मूल स्रोत नै वैध नभएको अवस्थामा त्यस्तो जग्गा कित्ताकाट गरी अन्य व्यक्तिलाई हस्तान्तरण गरेकै आधारमा उक्त हक हस्तान्तरणले समेत मान्यता नपाउने । (प्रकरण नं.८) नेपाल सरकारका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री वुद्धिलाल श्रेष्ठ पुनरावलोकनकर्ता / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री अविनाशकुमार प्याकुरेल र श्री सतिषकृष्ण खरेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, श्री हरिहर दाहाल, श्री महादेवप्रसाद यादव र श्री सुरेन्द्रकुमार खड्का अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क १२, नि.नं.८२८० सम्बद्ध कानून : मालपोत ऐन, २०३४ सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री रामप्रसाद ओली सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा पुनरावेदन अदालत राजविराज यस अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री ताहिर अली अन्सारी मा. न्यायाधीश श्री डा. भरतबहादुर कार्की फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : यस अदालतको संयुक्त इजलासको मिति २०६८।१२।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम वादीको तर्फबाट पुनरावलोकनको निवेदन परी सोउपर मुद्दा पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड नापी क्षेत्रीय किताबमा बाटो खोला गढा ऐलानी पर्तीसमेत जनाएको सप्तरी जिल्ला पातो गा.वि.स. वडा नं. १ (ख) कि.नं. १४३ को ज.वि. ३–१५–१२, वडा नं. २ को कि.नं. १८२ को ०–७–८, कि.नं. २०४ को ०–७–७, कि.नं. १३४ को २–०–१९, कि.नं. ११६ को २–११–१३, वडा नं. ४(क) को कि.नं. ४३ को ०–१३–६ र वडा नं. ५(क) कि.नं. ७६ को ज.वि. ०–८–१११/२ कसैको रैतानी नम्बरी नभई सार्वजनिक हक भोगको जग्गा हो । यी जग्गाहरूसमेत प्रतिवादी बृजलालको नाममा निजी दर्ता गराउन प्रतिवादीहरूले मिलेमतो गरी छुट जग्गा दर्ता गराइपाउँ भनी प्रतिवादीमध्ये बृजलालले मालपोत कार्यालय सप्तरीमा मुद्दा दिएको र पातो गा.वि.स. का तत्कालीन अध्यक्ष चन्द्रकान्त चौधरीले सप्तरी जिल्ला अदालतमा निज बृजलालउपर जग्गा खिचोला मेटाई सार्वजनिक कायम मुद्दा दिएको थियो । बृजलालले दिएको छुट जग्गा दर्ता मुद्दामा मालपोत कार्यालयले अदालतबाट हक कायम गराई ल्याउनु भनी सुनाएपछि निज प्रतिवादी बृजलालले सप्तरी जिल्ला अदालतमा फिराद गरेका थिए । पातो गा.वि.स. को तर्फबाट अध्यक्ष चन्द्रकान्त चौधरीले दिएको सार्वजनिक कायम मुद्दामा लगाउको हक कायम मुद्दाको आधारमा सार्वजनिक कायम नहुने भनी फैसला भई पुनरावेदन गर्दा सो पुनरावेदन खारेज हुने गरी फैसला भएको रहेछ । बृ