निर्णय नं. ४२५५ - फैसला दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२५५ - फैसला दर्ता बदर दर्ता भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०३/११ २२७७ निर्णय नं. ४२५५ ने.का.प. २०४८ अङ्क २, ३, ४ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको दे.पु.इ.नं. ९७ फैसला भएको मिति: २०४८।३।११।३ मा पुनरावेदक/प्रतिवादी: सप्तरी बरमझिया गा.वि.स.वा.नं. १ बस्ने काशीलाल चौधरी थारु विरुद्ध विपक्षी/वादी: ऐ.ऐ.बस्ने कोकनीवति थरुनी मुद्दा : फैसला दर्ता बदर दर्ता (१) क्षेत्रीय अदालतले दोश्रो तहको पुनरावेदन हेरी फैसला गरे उपर पुनरावेदनको अनुमति पाउँ भनी सर्वोच्च अदालतमा निवेदन लाग्ने न्यायप्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३ को उपदफा (५) र (७) मा व्यवस्था भएको नदेखिँदा त्यस्तो लाग्नै नसक्ने पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनको आधारमा पुनरावेदनको अनुमति प्रदान गरी सो पुनरावेदनबाट तथ्यमा प्रवेश गरी सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरुले गर्नु भएको राय फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३) पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।५।१३ गतेको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी सर्वोच्च अदालत संयुक्तइजलासबाट २०४५।८।१० मा पुनरावेदनको अनुमति भई पेश भएकोमा सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मूल पुर्खा बिसौनका २ छोरा जेठा छकोडी, कान्छा वैजनाथ जेठा छकौडीका छोरा नटाश्याम निजको छोरा जेठा बेचु, कान्छा गनु, बेचुका छोरा कुनिलाल निज कुनिको छोरा कोकन छोरी म कोकनीवती भएको, निज वैजनाथको छोरा हरिनाथ निजको छोरा मिखन दाश मिखनदाशको छोरा मोथराम कान्छा बोधराम निज बोधरामको छोरा छोरी नभएको निज बोधरामको छोरा शिवचरण, शिवचरणको छोरा महेन्द्रनारायण, महेन्द्रनारायणको छोरा प्रतिवादी मोतिलाल चौधरी भएको निज गनुको जेठा छोरा कैलु माहिला ठेकु कान्छा मसिलाल मंसिलालको छोरा दर्शन, दर्शनको छोरा रोदी र रोदीका छोरा प्रतिवादी काशीलाल भएको दाजु कोकन र भाउजु खेदनीले म कोकनीको बिहे झनकाहा बस्ने पुरन माझीसंग गरी दिएको लोग्नेका साथ घरमा बसी आएकोमा दाजु भाउजूको हकवाला कोही नभएकोले निजकी श्रीमती र मेरो भाउजू खेदनीवति अन्धी भएको । एकै बाबु कुंजी (साविक पेज नं. ४७) लालबाट जन्मेका कोकनको बहिनी म कोकनी दाजु कोकन र भाउजू खेदनीको हेरचाह गर्न तयार भएकोले २००८ सालमा दाजु भाउजू मेरो घर गई निज दाजु र मेरो लोग्ने पुरन माझीको साथ बरमझियामा ल्याई सो दिन देखि दाजु भाउजूको सेवा सुश्रुषा गरी आई २०३२ साल माघमा दाजु परलोक हुनुभएको त्यसपछि आषाढमा भाउजू परलोक भई बसेको अपुताली खान पाउने हक प्राप्त भई राखेको दाजु नाम दर्ताको जग्गा भोग चलन गरी आएको मिति २०३६।२।१८ गते दाजुको नामको जग्गामा प्रतिवादी मध्ये काशीलालले जोत्न जाँदा सो जग्गा मेरा नाम दर्ता भइराखेको छ भनी भनेकाले बुझ्दा काशीलाल र मोतिलालले अपुताली हक कायम मुद्दा गरी मिति २०३५।१।२४ मा सप्तरी जिल्ला अदालतबाट काशीलालले अपुताली हक खाने नजिक हकदार काशीलाल ठहर्छ भनी फैसला गराई नामसारी गराएछ । ३ पुस्ता भित्रको हकवाला क