निर्णय नं. १०९८५ - घर टहरा हटाई जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९८५ - घर टहरा हटाई जग्गा खिचोला चलन भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०८/२२ १४२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।८।२२ मुद्दाः- घर टहरा हटाई जग्गा खिचोला चलन ०७२-CI-०१८३ पुनरावेदक / प्रतिवादी : जलेश्वर नगरपालिका वडा नं.९ मा बस्ने धनेश्वर रायको श्रीमती चित्ररेखा रायसमेत विरूद्ध विपक्षी / वादी : जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.८ स्थित साकेताधीश भगवान् पुषा कुटी मठ जनकपुरको तर्फबाट अधिकार प्रत्यायोजित भई ऐ. संस्थाको अध्यक्ष ऐ. वडा नं.४ बस्ने रामरतन मिश्र ०७२-CI-०३९१ पुनरावेदक / वादी : जिल्ला महोत्तरी श्रीपुर कविलासी गा.वि.स. भनी लेखेको भए पनि वास्तविक जिल्ला महोत्तरी सिग्याही गा.वि.स. वडा नं.१ कविलासी हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.८ मा सूर्य नारायण मिश्रको बुहारी अरूणकुमार मिश्रको श्रीमती इन्दु देवीसमेत विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं.८ स्थित साकेताधीश भगवान् पुषा कुटी मठ जनकपुरको तर्फबाट अधिकार प्रत्यायोजित भई ऐ. संस्थाको अध्यक्ष ऐ. वडा नं.४ बस्ने रामरतन मिश्र ०७२-CI-०३९२ पुनरावेदक / प्रतिवादी : देवलाल पासमानकी पत्नी जिल्ला धनुषा, साबिक गा.वि.स. ठाडी झिझा वडा नं.२ हाल जनकपुर उपमहानगरपालिका, वडा नं.८ आँखा अस्पताल नारायण चोकदेखि दक्षिणको बस्ने शिवकलाकुमारी देवीसमेत विरूद्ध विपक्षी / वादी : स्व. मकसुदन मिश्रको छोरा, जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका, वडा नं.१३ हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं.४ कटैया चौरीमा बस्ने रामरतन मिश्र शेषपछिको बकसपत्रको लिखत बदर नभएको अवस्थामा मठ मन्दिरको जग्गालाई सार्वजनिक जग्गा मान्नुपर्ने । (प्रकरण नं.६) मन्दिरको जग्गा सार्वजनिक हुने भएकोले उक्त जग्गा मनखपको लिखत भएको भन्ने आधारमा कसैले पनि अनन्तकालसम्म यस्तो जग्गाको भोगाधिकार पाउँछ भन्नु न्याय र तर्कसङ्गत नहुने । (प्रकरण नं.१५) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव, श्री प्रकाश के.सी. र श्री श्याम खरेल वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री करूणाकर मल्लिक अवलम्बित नजिर : ने.का.प.२०५६, अङ्क ६, नि.नं.६७३५ सम्बद्ध कानून : जग्गा (नाप जाँच) ऐन, २०१९ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री कैलाश के.सी. धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री सत्यराज गुरूङ माननीय न्यायाधीश श्री प्रेमराज ढकाल पुनरावेदन अदालत जनकपुर फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्‍याई हेरिपाउने निस्सा प्राप्त भई यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- तथ्य खण्ड श्री साकेताधीश श्री सीयाराम भगवान् पुषा कुटीको महन्थ रामकिंकर दास वैष्णवको नाउँमा दर्ता रहेको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८, सिट नं. १३५४-१०, कि.नं. २४ को ०-१६-१५-२ कायम रहेको मठ मन्दिरको जग्गा दक्षिण पश्चिम कुनामा फूलबारी र खाली जग्गा विपक्षीमध्येका प्रतिवादी शिवकला कुमारी देवीले दक्षिण पश्चिम कुनाबाट ०-०-१० निज शिवकला देवीले कब्जा गरेको घर जग्गादेखि उत्तर अरूणकुमार मिश्र र विन्दु मिश्रले ०-२-० यसै गरी शिवकला देवीले कब्जा गरेको जग्गादेखि पूर्व सूर्य