निर्णय नं. १०९८७ - लागु औषध (खैरो हेरोइन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९८७ - लागु औषध (खैरो हेरोइन) भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०२/०९ ११२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।२।९ ०७६-CR-११९४ मुद्दाः लागु औषध (खैरो हेरोइन) पुनरावेदक / वादी : प्र.स.नि. हरिसिंह धामीको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं.२ बस्ने रामबहादुर साहको छोरा गोविन्द भन्ने गोपिन्द्र शाहसमेत लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत निषेधित लागु औषध राखी ओसारपसार गर्न प्रयोग गरिएका सवारी साधन जफत हुने देखिए तापनि त्यस्तो सवारी अन्य व्यक्तिको भई सम्बन्धित सवारीधनीलाई निजको सवारी सो अपराध गर्न प्रयोग गरिने भन्ने थाहा जानकारी नभएको अवस्थामा त्यस्तो सवारी जफत नहुने । (प्रकरण नं.६) लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८क बमोजिम बरामदित चल अचल सम्पत्ति जफत हुनका लागि त्यस्तो सम्पत्ति सो ऐनले निषेध गरेको कसुर गरी आर्जन गरेको देखिनुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या.श्री परशुराम भट्टराई कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्या. श्री राजकुमार वन मा.न्यायाधीश श्री नसरूल्लाह अन्सारी उच्च अदालत दिपायल फैसला न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७४।०८।१७ गते अन्दाजी १०/३० बजेको समयमा खटी गएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, टीकापुर न.पा. वडा नं.१ मा राजेश शाहले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटर शंका लागी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्कीभित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १७(सत्र) लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा २ ग्राम २३० मिलिग्राम फेला पारी उक्त लागु औषध र निजले चलाएको से.५ प. ३५१९ नम्बरको स्कुटर बरामद गरी निज राजेश शाहलाई सोधपुछ गर्दा निजले उक्त लागु औषध जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं. १ एकतापुर शिविर बस्ने गोपिन्द्र शाहले मलाई बेचबिखन गरिदिनु भनी भनेकोले निज गोविन्दबहादुर शाहलाई खोजतलास गर्दै जाँदा सोही दिन १०:४५ बजेको समयमा आफ्नै घर ठेगानामा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजको शरीर चेकजाँच गर्दा निजले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १४ (चौध) लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ मान्यता प्राप्त तराजुमा नापतौल गर्दा खैरो हेरोइन १ ग्राम ७५० मिली ग्राम फेला पारेकोले उक्त लागु औषध रीतपूर्वक बरामद गरी निजहरूलाई समेत पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. हरिसिंह धामीसमेतको जाहेरी प्रतिवेदन । कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित पूर्व पश्चिम राजिपुरबाट बनगाउँतर्फ जाने कुलो नहर र उत्तर, दक्षिणमा टीकापुर बजारबाट टीकापुर बिमानस्थलतर्फ जाने पक्की सडक, यति चारकिल्ला सिमाना क्षेत्रभित्र रहेको उक्त सडक खण्डमा मिति २०७४।०८।१७ गते अं.१०:३० बजेको समयम