निर्णय नं. १०९८८ - नकबजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९८८ - नकबजनी चोरी भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०२/०५ १६३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।२।५ ०७५-CR-२२१८ मुद्दाः नकबजनी चोरी पुनरावेदक / प्रतिवादी : जहर जटको नाति सदिक मियाँ जटको छोरा सुनसरी जिल्ला, साबिक घुस्की गा.वि.स. वडा नं.५ हाल परिवर्तित हरिनगर गाउँपालिका वडा नं.७ बस्ने सनउल्लाह मियाँ विरूद्ध प्रत्यर्थी / वादी : अजाउदीन मियाँको जाहेरीले नेपाल सरकार आफूउपरको कसुर इन्कार गर्ने तर अर्को प्रतिवादीलाई भने दोषारोपण गरी पोल गरेकै आधारमा अन्य स्वतन्त्र प्रमाणको अभावमा कसैलाई पनि कसुरदार ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं.८) प्रतिवादीको साथबाट नगद बरामद नभएको र अन्य स्वतन्त्र प्रमाणबाट निजउपरको कसुर पुष्टि नभइरहेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान र ठोस प्रमाणबाट पुष्टि नभएको सहप्रतिवादीको पोलको भरमा मात्र दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री द्रोणराज रेग्मी तथा विद्वान् अधिवक्ताहरू श्री धर्मराज रेग्मी र श्री चित्रबहादुर के.सी. प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्बित नजिर : ने.का.प.२०६४, अङ्क १०, नि.नं.७८९३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री भिष्मराज प्रसाई सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या. श्री उमेशराज पौडेल मा.न्या. श्री जनक पाण्डे उच्च अदालत विराटनगर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मिति २०७२।१०।१६ गते राति १०:०० बजेको समयमा सुनसरी जिल्ला, घुस्की गा.वि.स., वडा नं.६ स्थित मेरो घर कोठामा के कताबाट प्रतिवादीहरू अफरोज मियाँ र सनउल्लाह मियाँले ढोकाको ताल्चा तोडफोड गरी प्रवेश गरी नगद रू.१२,००,०००।– भएको टिनको बाकस चोरी गरी लगी घरदेखि ५०० मिटरपर बाकस फोडी नगद झिकी लगेको र खोजतलासको क्रममा प्रतिवादीमध्येका अफरोज मियाँको साथबाट नगद रू.५,६५,०००।– बरामद भएको हुँदा निजहरूलाई चोरीमा सजाय गरिपाउँ भन्ने बेहोराको अजाउदीन मियाँको जाहेरी दरखास्त । मिति २०७२।१०।१६ राति २२:०० बजेको समयमा सुनसरी जिल्ला, घुस्की गा.वि.स., वडा नं. ६ स्थित पूर्वमा कच्ची सडक तथा जईनुदिन मियाँको घर, पश्चिममा जईनुदिन मियाँको बारी, उत्तरमा कनरूल मियाँको टिनको छानो भएको घर र दक्षिणमा ताज मोहमद मियाँको पक्की घर यति चार किल्लाभित्रमा पर्ने अजाउदिन मियाँको २ तले घर, सो घरको माथिल्लो तलामा सिँढी चढी प्रवेश गरी हेर्दा २ वटा कोठा रहेको, सोकोठामध्ये उत्तरपट्टिको कोठा सोकोठाको ढोका बन्द रही ताला फोडिएको, उक्त कोठाभित्र प्रवेश गरी हेर्दा ढोकाबाट सिधा पश्चिमपट्टि टिनको दराज रहेको भनी देखाएको, सो बाकस र सोमा भएको नगद रू.१२,००,०००।– र टिनको बाकससमेत अफरोज मियाँ र सनउल्लाह मियाँ समेतले चोरी लगेको भन्ने बेहोराको घटनास्थल मुचुल्का । मिति २०७२।१०।१६ राति २२:०० बजेको समयमा सुनसरी जिल्ला, घुस्की गा.वि.स., वडा नं. ५ स्थित पूर्वमा सदिक मियाँको घर, पश्चिममा सत्तार मियाँको घर, उत्तरमा हदिस मियाँको घर, दक्षिणमा खलिल मियाँको घर यति चारकि