निर्णय नं. १०९८९ - सामूहिक जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९८९ - सामूहिक जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/११/१४ १३०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७७।११।१४ ०७२-CR-१४२८ मुद्दाः सामूहिक जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला रौतहट, गा.वि.स. धर्मपुर वडा नं.९ बस्ने कृष्णनन्दन राय यादवसमेत विरूद्ध प्रत्यर्थी / वादी : बुटन राय यादवको जाहेरीले नेपाल सरकार कुटपिटको जरियाबाट उठेको विवादलाई प्रतिशोधपूर्ण तवरबाट जबरजस्ती करणीको वारदातको रूपमा अगाडि सारिएको अवस्थामा नारी अस्मिताको प्रश्न अगाडि सारेर एक प्रकारको घटनालाई तोड-मरोड गरी कसुरको गम्भीरता देखाउनु र फौजदारी न्यायसम्बन्धी राज्यका संयन्त्रलाई निजी स्वार्थमा प्रयोग गर्नु उचित नहुने । घटनाको वास्तविकता यकिन गर्नेतर्फ वाञ्छित गम्भीरता नअपनाई केवल औपचारिकता निर्वाह गर्ने अनुसन्धान र अभियोजन शैलीप्रति पनि सम्बद्ध निकायहरूको ध्यानाकर्षण हुनु आवश्यक देखिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान् अधिवक्ताहरू श्री विजय मिश्र र श्री नवराज तिमिल्सिना प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटवाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: मा. न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला रौतहट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. मुख्य न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्यगत बेहोरा र यस अदालतको ठहर यस प्रकार छः तथ्यगत बेहोरा मिति २०६६।८।१५ गते बेलुका अं. २०:०० बजेको समयमा प्रतिवादीहरूले मेरो नाबालिका छोरी वर्ष १५ की अमिकाकुमारी यादवलाई मेरो घरबाट एक्लो बसिरहेको मौका छोपी निज छोरीलाई जबरजस्ती समाती नजिकै रहेको कृष्णनन्दनको घरमा लगी निज नाबालिका छोरीलाई पालो-पालो गरी जबरजस्ती करणी गरी मरणासन्न अवस्थामा पारिदिएको कुरा निज छोरीलाई खोजतलास गर्दा प्रतिवादी कृष्णनन्दन राय यादवको घरमा अस्तव्यस्त अवस्थामा फेला परी निज छोरीबाट नै सम्पूर्ण कुरा थाहा पाई निज अपराधीहरूलाई खोजतलास होहल्ला गर्दा सबै जना सो ठाउँबाट भाग्न सफल भइसकेकोले छोरीको शारीरिक परीक्षण गराई निज प्रतिवादीहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत हदैसम्म सजाय हुने गरी कानूनी कारबाही गरी क्षतिपूर्तिसमेत पाउँ भन्नेसमेत बेहोराको बुटन राय यादवको जाहेरी दरखास्त । पीडित अमिकाकुमारी यादवको गाला र छातीलगायतका भागहरूमा दाँतले टोकिएको समेतको डाम रहेको भन्ने बेहोरासमेतको स्वास्थ्य जाँच रिपोर्ट तथा घाउ जाँच केस फारम रिपोर्ट । मिति २०६६।८।१५ गते बेलुकी अं. २०:०० बजेको समयमा मेरो बुबा आमा गोठतर्फ गएकोमा म घरमा एक्लै भएको मौका छोपी मेरो घरनजिकको मैले स्पष्ट चिनेको जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादीहरूमध्ये कृष्णनन्दन राय यादव म बसेको ठाउँमा आई जबरजस्ती समाती मलाई बोल्न कराउन नदिई मुख थुनी बोकी आफ्नो घरमा लैजाँदा सो घरभित्र पहिलेदेखि योजनाबद्ध तरिकाले बसेका मैले चिनेका प्रतिवादीहरू विजय राय यादवसमेत चारै जना मिली मलाई बोल्न कराउन कुनै मौका नदिई प्रतिवादीहरूमध्येका कृष्णनन्दन राय याद