निर्णय नं. १०९९१ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९९१ - उत्प्रेषणसमेत भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१०/२१ ९४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७७।१०।२१ ०७२-WO-०५१९ मुद्दाः- उत्प्रेषणसमेत निवेदक : एभरेष्ट पस्मिना निटिङ एन्ड विभिङ इन्डष्ट्री प्रा.लि. का तर्फबाट अख्तियारप्राप्त आफ्ना हकमा समेत ऐ. का प्रशासकीय अधिकृत हरिश्चन्द्र देवकोटा विरूद्ध विपक्षी : श्रम अदालत, अनामनगर, काठमाडौंसमेत कुनै प्रतिष्ठानको स्थायी कामदारलाई सेवाबाट निस्कासन गर्ने अन्तिम निर्णय सामान्य प्रकृतिको सजाय नभई विशेष प्रकृतिको सजायअन्तर्गत पर्ने हुँदा प्रशासकीय अधिकृतले एकल निर्णय लिन नमिल्ने । व्यवस्थापकलाई प्राप्त अख्तियारी व्यवस्थापकभन्दा अन्य कर्मचारीले प्रयोग गरी एकल निर्णय लिने हो भने प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको रोजगारीको हकमा आघात पुग्न सक्ने । प्रशासकीय अधिकृतले व्यवस्थापकसरह अन्तिम निर्णय लिन नमिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्ले विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री युवराज लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०६८, नि.नं.८७३६ सम्बद्ध कानून : श्रम ऐन, २०४८ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड तत्काल उद्योग विभागमा प्राइभेट फर्मका रूपमा दर्ता रही हाल कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रा.लि.मा दर्ता रहेको एभरेष्ट पस्मिना निटिङ एन्ड विभिङ इन्डष्ट्री प्रा.लि. उनी तथा पस्मिनाका निकासीयोग्य सीमित सामान (सल र स्वीटर) उत्पादन गर्ने निकासीयोग्य उद्योग हो । ग्राहकबाट मौसमी सामान अपर्झट बढी माग भई आएमा व्यक्तिगत सम्पर्क, चिनजान र कामका आधारमा समेत उत्पादन कार्य उत्पादन ठेक्का (पिसरेट) मा दिइन्छ । यसरी पिसरेटमा काम गर्नेले निरन्तर काम गर्नु नपर्ने, तोकिएको परिणाम दिए तोकिएको मोल पाउने, पारिश्रमिक र बिदा तथा अन्य सुविधा नपाउने, नियुक्ति नपाउने हुन्छ । तसर्थ, नियमित कामदार कर्मचारीलाई लागु हुने श्रम कानूनका सुविधा र सर्त निजउपर लागु हुँदैनन् । ग्राहकबाट सामानको माग बढी भएकाले निवेदक प्रतिष्ठानमा विपक्षी केदार सिं भोम्जनलाई व्यक्तिगत सम्पर्कका आधारमा मुख बेहोराले मिति २०७१ कात्तिक महिनामा पिसरेट तोकी काम लगाएकोमा २०७१ कात्तिक १४ गतेदेखि काममा नआएकाले निजलाई तोकिएको मौसमी उत्पादन लक्ष्य नपुग्ने भएपछि मिति २०७१।०८।१५ देखि नै बिनाजानकारी प्रतिष्ठानको पिसरेट तोकिएको काममा अनुपस्थित रहनु भएका कारण कम्पनीको उत्पादन र वितरणमा पर्न गएको असरका कारण ग्राहकले दिएको खरिद आदेशहरू क्रमशः खारेज गर्दै गएकाले निजलाई स्पष्टीकरण सोधिएकोमा जवाफ दिनु भएन । मिति २०७२।०२।०४ र २४ मा स्पष्टीकरण जवाफ पेस गर्दा ‘ससुरा बुद्धिमान तामाङको उपचार तथा मलेसियामा काम गर्ने बहिनीको देहावसानका कारण उपस्थित हुन नसकेको’ भने पनि विपक्षी मिति २०७१ कात्तिक १४ देखि २०७२ जेठ २८ सम्म नै तोकिएको काममा अनुपस्थित रहेको स्वीकार गरेका छन्, जसका कारण यी विपक्षीबाट पिसरेटमा तोकिएको त्यस मौसमको उत्पादन लक्ष पूरा नभएको स्पष्ट छ । विपक्षीले श्रम ऐन, २०४८ को दफा २५ (१) अनुसारको दाबी भनी जम्मा रू. ३,००,०००।- रकम दिलाई पाउँ भन्ने माग राखी श्रम