निर्णय नं. १०९९३ - लिखत बदर दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९९३ - लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१२/०२ ९१३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।१२।२ मुद्दा : लिखत बदर दर्ता बदर दर्ता कायम ०६७-CI-१६२७ पुनरावेदक / प्रतिवादी : सिद्धि प्रसादको छोरा, जिल्ला धनकुटा, धनकुटा नगरपालिका वार्ड नं.७ बस्ने विशेश्वरप्रसाद जोशी विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं.३५ बस्ने ओम प्रकाशकी श्रीमती दिपा श्रेष्ठसमेत ०६८-CI-०७७२ पुनरावेदक / प्रतिवादी : जगरनाथप्रसाद सोनारको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ नयाँ बानेश्वर, मिलनचोकमा घर भई हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका रवि इन्टरनेसनल प्रा.लि.को प्रो. रविन्द्रकुमार सर्राफ विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं महानगरपालिका वडा नं.३५ बस्ने ओम प्रकाशकी श्रीमती दिपा श्रेष्ठसमेत एउटै विवादमा अचल सम्पत्ति सम्बन्धमा रजिस्ट्रेसन पारित भएको लिखत र नभएको लिखतको विद्यमानता देखिन्छ भने स्वभावतः रजिस्ट्रेसन पारित भएको लिखतले नै मान्यता र प्राथमिकता पाउने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री संजय श्रेष्ठ र श्रीराम राजचल वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री गोपी शर्मा सुवेदी र श्री शम्भु नेपाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री श्यामप्रसाद लावती धनकुटा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री टेकराज नेपाल पुनरावेदन अदालत धनकुटा फैसला न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत धनकुटाको मिति २०६७।११।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड वादी म दिपा श्रेष्ठको नाम दर्ता भएको धनकुटा जिल्ला चुलिवन गा.प. वार्ड नं. ५ को कि.नं. ३१६ क्षेत्रफल १-४-०-० र म वादी रोशनी श्रेष्ठको नाम दर्ता रहेको ऐ.ऐ. कि.नं.२८८ क्षेत्रफल १-०-०-० का जग्गाहरू काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ३४ को रवि इन्टरनेसनलबाट बस किन्नको लागि ऋणको लागि अधिकृत वारिस श्यामकुमार श्रेष्ठमार्फत रविन्द्रकुमार सर्राफलाई मिति २०६१।४।१ मा धितो स्वरूप सम्झौता भई किस्ताबन्दी ऋण तिर्दाकै अवस्थामा यी प्रतिवादीले हामीलाई हानि नोक्सानी हुने गरी किर्ते ठगी गरी प्रतिवादीमध्येका विशेश्वरप्रसाद जोशीलाई मिति २०६२।३।२७ मा कि.नं. २८८ र ३१६ का जग्गा बिक्री गरेकोले उक्त कार्य जग्गा पजनीको १७ नं. विपरीत भएकोले उक्त लिखत बदर गरी हामीहरूका नाममा दर्ता कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । वादीहरूको फिराद बेहोरा झुठ्ठा हो । रवि इन्टरनेसनलको नाममा दर्ता पुर्जा भएको जिल्ला धनकुटा चुलिवन गा.पं. वडा नं.५ को कि.नं.२८८ क्षेत्रफल १-०-० र कि.नं.३१६ को क्षेत्रफल १-४-० जग्गा म विशेश्वरप्रसाद जोशीले २,००,०००।- थैली हाली मिति २०६२।३।२७ मा मालपोत कार्यालय धनकुटाबाट राजीनामा पारित गरी लिएको हो । करारका पक्ष भनिएका श्यामकुमार प्रधान र रवि इन्टरनेसनलका बिच मिति २०६१।४।१ मा गरिएको करार सम्झौताको बारेमा मलाई केही थाहा छैन, झुठ्ठा फिराद दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीम