निर्णय नं. १०९९४ - सार्वजनिक बाटो कायम गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९९४ - सार्वजनिक बाटो कायम गरिपाऊँ भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०५/२७ २४९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।५।२७ मुद्दा : सार्वजनिक बाटो कायम गरिपाऊँ । ०६८-CI-०८९२ पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ स्थित नगरपालिका डी प्लट भवनको उपभोक्ता समितिको अध्यक्ष विराटनगर उपमहानगरपालिका वडा नं. १५ बस्ने साहव अहमद (गुड्डु) विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने कमल किशोर राठीसमेत ०६८-CI-०८९३ पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका कार्यालय, विराटनगर मोरङको हकमा ऐ. का कार्यकारी अधिकृत रामाधीन यादव विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने कमल किशोर राठीसमेत परापूर्वकालदेखि प्रयोग गरेको बाटो कुनै विपद्ले नष्ट भई घरसम्म जाने अन्य कुनै विकल्प नभएमा बाटोको सुविधाभार प्राप्त हुने । आफ्नो घर जग्गा सिमाना बाटोसँग जोडिइरहेको अवस्थामा व्यक्तिगत आर्थिक लाभका लागि मात्र अर्को व्यक्ति वा संस्थाको घरको पेटीबाट बाटोको सुविधाभार प्राप्त हुने दाबी गर्न नमिल्ने । (प्रकरण नं.६) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भगवतप्रसाद चौधरी वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रविण सुवेदी, रितेष पौडेल र सुवास पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ पुनरावेदन तहमा फैसला गर्नेः- मा. मुख्य न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही पुनरावेदन अदालत विराटनगर फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत विराटनगरको मिति २०६८।०२।१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड म फिरादी कमलकिशोर राठीको बुबा आशकरणले साबिक जग्गाधनी गुलावचन्द फलोदियाबाट खरिद गर्नुभएको जग्गामध्ये मेरो अंश भागमा परेको जिल्ला मोरङ, साबिक विराटनगर-८ हाल विराटनगर-१२ को कित्ताकाट भई हाल कायम कि.नं. २३, २४ को ज.वि. ०-१-१७-२ मा साबिकदेखि नै बाटो निकास रहेको र मैले नक्सा पासको लागि विपक्षी कार्यालयमा निवेदन दिँदा मेरो उक्त जग्गाको पश्चिमतर्फ शम्भुप्रसाद कावरा, उत्तर बाटो भनी चार किल्ला कायम गरी मेरो घरदेखि पश्चिम विपक्षी नगरपालिकाको डी प्लट भवनको उत्तर रहेको साबिकदेखि चली आएको सार्वजनिक बाटोलाई नै बाटोको रूपमा देखाई नक्सा पारित भई च.नं. १०९३।१७५ मिति २०५७।५।२० मा विपक्षी नगरपालिकाबाट इजाजत प्राप्त भएको र उक्त बाटोमा जमिनमुनि साबिकदेखि नै खानेपानीको पाइप लाइन विच्छ्याई धारा जडान भएको अवस्था छ । हामी फिरादीहरू शम्भु कावरा, कमलेश र रमेश कावराको साबिक वडा नं. ८ रै.नं. १९, ३६५ को ०-१-३-१० हाल विराटनगर सिट नं. ३७३-१३ कि. नं ४५ को जागा नक्सा पास हुँदा दक्षिणपट्टि परापूर्वदेखि चलिआएको बाटो देखाई नक्सा पास भई विपक्षी नगरपालिकाबाट मिति २०४३।२।२३ मा च.नं. ४४५२ मि.नं १८३६बाट इजाजत पाएको र उक्त बाटोमुनि खाने पानीको लाइन भएको अवस्था छ । हामी फिरादीहरू भवरलाल शर्मा, जुगल किशोर र शंकरलाल शर्माको घरको नक्सा पास गर्दा हाम्रो घरमा प्रवेश गर्ने मार्ग चेनगेटबाट पेटी बाटो भनी देखिएको, विपक्षी नगरपालिकाको डी प्लट भवनको नक