निर्णय नं. १०९९७ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९९७ - दर्ता बदर भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०९/२५ १२६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।९।२५ ०६८-CI- ०३२९ मुद्दा : दर्ता बदर पुनरावेदक / वादी : महोत्तरी जिल्ला, खुट्टा पिप्राढी गाउँ विकास समिति वडा नं.१ बस्ने वर्ष ३५ को फुलबाबु यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत साधारण अधिकारक्षेत्रअन्तर्गत कारबाही गरिने मुद्दामा कानूनले निर्धारण गरेको कार्यविधि पालना भएकै हुनुपर्ने । नेपाल सरकारको नाउँको दर्ता निर्णय बदरको अर्थ वादी दाबीको पोखरीको डिल स्वतः वादीका नाउँमा दर्ता हुने भन्न नमिल्ने, साबिक हक भोगका प्रमाणका आधारमा निर्णय हुने । छुट जग्गा दर्ताको प्रश्न सन्निहित भएको विषय सोझै अदालतमा प्रवेश गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री नारायणप्रसाद देवकोटा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क २, नि.नं.९५४३ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ प्रचलित कानून-जग्गा (नाप जाँच) ऐन, २०१९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दयानाथ खरेल महोत्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अलि अकवर मिकरानी माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत जनकपुर फैसला न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत जनकपुरको मिति २०६७/१०/२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यगत बेहोरा एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा म फिरादीका जिज्युबाजे किसुनी यादवको नाउँमा जिल्ला महोत्तरी, मौजे खुट्टा बिर्ताको र.नं.१७४३ को ०-१५-१० जग्गा जिम्दार स्रेस्तामा दर्ता रही पुस्तौंदेखि म फिरादीको समेत भोग चलनमा रही आएकोमा जिज्युबाजेहरूका बिचमा २००५ सालमा महोत्तरी मालबाट बन्डा हुँदा उक्त जग्गा दुवै दाजु भाइहरूको अंश भागमा परी म फिरादीका बाबु गोनोर यादवसमेतका अंशियारहरूबिच मिति २०१६।७।१ मा बन्डा हुँदा मेरो बाबुको अंशमा परेको थियो । उक्त जग्गा २०२४ सालमा सर्भे नापी हुँदा नरबढी भई जि.म.खुट्टा पिप्राढी गाउँ विकास समिति वडा नं.१(क) कि नं.३८९ मा ०-१३-१० ऐ.ऐ कि.नं.३९० मा ०-७-० ऐ .ऐ. वडा नं. ४ (ख) कि.नं.१८ को ज.वि.०-०-१५ ऐ. ऐ. कि.नं. १९ को ज.वि.१-११-१५ समेत जम्मा चार कित्ता कायम भई फिल्डबुकमा पोखरी जनिई नापी भएको रहेछ । नापीको समयमा बाबुसमेत उपस्थित हुन नसकी जग्गाधनी महल खाली रही नापी भएको, तत्काल दर्ता हुनसमेत छुट भएको कित्ता जग्गा भोग चलनमा हालसम्म पनि कुनै बाधा व्यवधान भएको थिएन । धेरै हकदार भएको हुँदा छुट जग्गा दर्तामा कारबाही चलाउन नसके तापनि सोतर्फ म फिरादीको हक सुरक्षित नै भएकोमा उक्त जग्गाको दर्ता स्रेस्ता पत्ता लगाउन मिति २०६३।५।२१ मा मालपोत कार्यालय महोत्तरीमा गई बुझ्दा मिति २०५१।१०।२० को निर्णयले उपर्युक्त सम्पूर्ण जग्गाहरू श्री ५ को सरकारका नाउँमा दर्ता स्रेस्ता कायम भई गएको रहेछ । म फिरादीसमेतको निर्विवाद हक भोगमा रहेको उल्लिखित पोखरी जग्गालाई बिनाआधार, कारण श्री ५ को सरकारको नाउँमा गरिएको दर्ता