निर्णय नं. १०९९९ - लागु औषध गाँजा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९९९ - लागु औषध गाँजा भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०८/२७ २१२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।८।२७ ०७३-CR-११४१ मुद्दाः लागु औषध गाँजा पुनरावेदक / वादी : इलाका प्रहरी कार्यालय नवलपुरका प्र.स.नि. रामबहादुरको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी दाउन्ने देवी गा.वि.स. वडा नं.६ सिद्धनगर बस्ने कुर लामाको नाति, कमिरबहादुर तामाङको छोरा धनबहादुर तामाङसमेत कुनै बाध्यतावश आपराधिक कार्यमा संलग्न हुनुपरेको हो भन्ने विषय कसुरको गम्भीरता निर्धारणका बखत विचारणीय हुने । कसुर नै कायम हुने वा नहुने भन्ने विषयको निर्धारण गर्दा प्रचलित कानूनले गरेको स्पष्ट प्रावधानभन्दा अन्यथा गर्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री भोजबहादुर ढकाल र श्री लेखनाथ स्वर्णकार अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहको फैसला गर्ने मा. न्यायाधीश श्री विष्णुप्रसाद कोइराला नवलपरासी जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने माननीय न्यायाधीश श्री हेमराज पन्त मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी पुनरावेदन अदालत बुटवल फैसला न्या.तिलप्रसाद श्रेष्ठ : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम दर्ता भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं फैसला यसप्रकार छ :- मुद्दाको संक्षिप्त तथ्य मिति २०७१।११।०२ गते बिहान जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं.७ स्थित श्री नयाँ भैरवी दल गुल्म बगुवान पोष्टबाट चितवन राष्ट्रिय निकुञ्जमा पेट्रोलिङ गरी आएको नेपाली सेनाको टोलीले धनबहादुर तामाङसमेतले कालो प्लाष्टिकको दुई पोका बनाई बोकी त्रिवेणीतर्फ लैजाँदै गर्दा शङ्का लागी चेक जाँच गर्दा निजहरूको साथबाट लागु औषध (गाँजा) फेला परेको भनी नेपाली सेनाद्वारा फोनबाट जानकारी पाउनासाथ मसमेतको प्रहरी टोली उक्त स्थानमा खटी गई २८ के.जी. र ३२ के.जी.का दुई पोका गाँजा बरामद गरी धनबहादुर तामाङ, दुर्गाबहादुर लुङ्गेली र अनन्त सिँजापति मगरलाई आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्र.स.नि.रामबहादुर चौधरीको प्रतिवेदन । जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं.७ स्थित पूर्व विनयी खोला, पश्चिम मन्दर बाबा सामुदायिक वन, उत्तर भु.पु.गाउँ जाने बाटो र दक्षिण बगुवानदेखि त्रिवेणी जाने बाटो, यति चार किल्लाभित्र रहेको बाघखोर भन्ने स्थानमा मिति २०७१।११।०२ गते बिहान अं.०७:१५ बजे बगुवानको बाटो हुँदै त्रिवेणी जाँदै गरेको अवस्थामा कालो प्लाष्टिकको २ पोका २८ के.जी. र ३२ के.जी.गरी ६० के.जी.लागु औषध (गाँजा) प्रहरीले बरामद गरेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का । यसमा मिति २०७१।१०।२६ गते साँझ प्रतिवादी धनबहादुर तामाङ मेरो घरमा आई पारि गाउँमा भएको मेरो सामान गाँजा कुकुरमारासम्म लैजाने हो । भाडा रू.३,०००।– र पछि थप रू.५००।– पनि दिन्छु, पारि गाउँको अर्का साथी अनन्त सिँजापति पनि छ भनी भनेकोले मैले हुन्छ भनी साँझ ६:०० बजे हामी तीन जना भई धनबहादुरले भनेबमोजिम उक