निर्णय नं. ११००२ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११००२ - बैंकिङ कसुर भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०१/२५ ८५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।१।२५ ०७६-RB-०४३६ मुद्दा : बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : जिल्ला जाजरकोट, साबिक साल्मा गा.वि.स. वडा नं. ९ परिवर्तित जिल्ला जाजरकोट, छेडागार्ड न.पा. वडा नं. २ बस्ने अर्जुनबहादुर बुढा विरूद्ध प्रत्यर्थी / वादी : मचिन्द्रकुमार लिम्बूको जाहेरीले नेपाल सरकार अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिलाई अदालतमा झिकाई बकपत्र नगरेमा त्यस्ता कागजलाई प्रमाण लिन मिल्दैन भन्ने जिकिर गरे तापनि प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत साबित रही बयान गरिसकेपछि अनुसन्धानमा बुझिएका मानिसलाई अदालतमा झिकाइ बुझिरहनुपर्ने अनिवार्यता नरहने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला उच्च अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा प्रतिवादी अर्जुनबहादुर बुढाले जाहेरवाला मचिन्द्रकुमार लिम्बूसँग लिएको सापटी तिर्न भनी निज प्रतिवादीले आफ्नो खातामा रहेको ग्लोबल आई.एम.ई.बैंक लिमिटेड शाखा कार्यालय गोंगबुको खाता नं.३५०७०१००१४७७३ को मिति २०७५/९/१० गतेको चेक नं.००२७४०५६२८ मा नगद रू.२,००,०००/- दुई लाखको सक्कल चेक मचिन्द्रकुमार लिम्बूको नाममा जारी गरी चेक निज जाहेरवाला मचिन्द्रकुमार लिम्बूलाई दिएकोमा सो चेक सटही गर्न पटकपटक बैंकमा जाँदा उक्त चेकको खातामा प्रयाप्त रकम मौज्दात नभएकोले चेक फिर्ता गरिदिएको हुँदा निज अर्जुनबहादुर बुढालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मचिन्द्रकुमार लिम्बूको जाहेरी दरखास्त । ग्लोबल आई.एम.इ. बैंक लिमिटेड शाखा कार्यालय गोंगबुको खाता नं.३५०७०१००१४७७३ को मिति २०७५/९/१० गतेको चेक नं.००२७४०५६२८ मा नगद रू.२,००,०००/- (दुई लाख) को सक्कल चेक मचिन्द्रकुमार लिम्बूको नाममा काटिएको सक्कल चेक र सोमा भएका अक्षरहरू तथा सहीछापसमेत मेरै हो, मैले नै मचिन्द्रकुमार लिम्बूको नाममा चेक जारी गरी निजलाई दिएको थिएँ । तर मेरो विभिन्न घरायसी समस्याले गर्दा सो खातामा रकम जम्मा गर्न नसकेको हो । जाहेरवाला पटकपटक चेक लिई बैंकमा जाँदा सो चेकलाई खाम्ने पर्याप्त रकम जम्मा नभई चेक बाउन्स भई फिर्ता भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनबहादुर बुढाले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको बयान कागज । उक्त चेक पेस हुँदा प्रतिवादीको खातामा चेक रकमलाई खाम्ने रकम मौज्दात नरहेको भन्ने बेहोरासहितको मिति २०७५/१०/२४ को पत्र र स्टेटमेन्टसमेतका कागजहरू । प्रतिवादी अर्जुनबहादुर बुढाले जाहेरवाला मचिन्द्रकुमार लिम्बूलाई खातामा रकम नभई चेक काटिदिएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका धनबहादुर लिम्बूको घटना विवरण कागज । प्रतिवादी अर्जुनबहादुर बुढाले आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएको जानी जानी जाहेरवालाले ग्ल