निर्णय नं. ४२५७ - उत्प्रेषणयुक्त आज्ञा, आदेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२५७ - उत्प्रेषणयुक्त आज्ञा, आदेश भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०१/१८ २४०८ निर्णय नं. ४२५७ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रिट नं. ११०४ आदेश भएको मिति: २०४८।१।१८।४ मा निवेदक : का.न.पा.वा.नं. ७ बस्ने धु्रवप्रसाद रिमाल (साविक पेज नं. ५७) विरुद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय हनुमानढोकासमेत विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश (१) हक बेहक सम्बन्धमा कागज गराउन पाउने जिल्ला प्रहरी कार्यालयलाई अधिकार भएको नदेखिने । (प्रकरण नं. ९) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत मिति २०४६।१२।१४ मा दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. का.जि.साविक भगवान स्थान गा.पं.वा.नं. १ (क) कि.नं. २२८ को ०–१३–२ कि.नं. २२५ को ०–१–१ जग्गा मेरा नाउँमा दर्ता भई कि.नं. २२८ मा घर निर्माण गरी बस्दै आएको छु भनी कि.नं. २२५ मा गोठघर बनाई बसोवास गरी आएको छु । २०४४ सालको नयाँ नापीमा उक्त दुई कित्ता जग्गाहरु हाल का.जि.का.न.पं.वा.नं. ७(ख) कि.नं. १६ क्षेत्रफल ०–१५–२ कायम भएकोमा विपक्षी सीतादेवी खरेलले साविक कि.नं. २२५ को भन्दा बढी हालको मेरो कि.नं. १७ देखि दक्षिणतर्फ मेरो भोग बमोजिमको जग्गा घुसाएको भनी ३ नं. नापी गोश्वारामा निवेदन गरेकोमा ३ नं. नापी गोश्वाराबाट निवेदकको साविक कि.नं. १६५ को ०–५–०–० को हाल का.न.पं.वा.नं. ७(ख) कि.नं. १७ मा ०–५–२–२ कायम भएको र साविक कि.नं. २२५ र २२८ को हाल ०–१५–२–२ कायम भई दुवै पक्षको जग्गा बढेको देखिँदा सीतादेवीको दावीसंग सहमत हुन नसकी कि.नं. १६ को क्षेत्रफल ०–१५–२–२ जग्गा मेरा नाउँमा अस्थायी दर्ता गरी दिने चित्त नबुझ्ने पक्षले जग्गा नाप जाँच ऐन, ०१९ को दफा ६(७) अनुसार अदालतमा उजूर गर्न जानु भनी ०४५।४।१० मा निर्णय भए उपर कतै उजूर नगरी चित्त बुझाई बसेकोले जग्गाधनी प्रमाणपत्र प्राप्त गरी का.न.पं. ७ वडा समितिको ०४६।९।२३ को प्राप्त सिफारिश बमोजिम कम्पाउण्ड पर्खाल लगाइएकोमा कुनै खिचोला थिएन । विपक्षी सीतादेवी खरेलले जि.प्र.का.काठमाडौंमा जग्गा खिचोला गरी पर्खाल भत्काई पाउँ भनी निवेदन दिएको रहेछ । तत्पश्चात विपक्षी जि.प्र.का.ले मलाई २।३ जना प्रहरी पठाई ०४६।११।१ गते उपस्थित गराई तारिख तोकी पटक पटक उपस्थित गराइयो र मलाई अर्काको जग्गामा बनाएको पर्खाल भत्काई जग्गा सीतादेवीलाई छोडी दिनु भनी डर धाक धम्की दिई कुटपिट गरी ०४६।११।२२ गते सीतादेवीले दावी गरेको जग्गा र पर्खाल छाडी दिने भन्ने व्यहोराको कागज लेखी सही गराइयो र ०४६।११।८ मा जग्गामा कुनै खरखिचोला नगर्ने भन्ने विपक्षी सीतादेवीले गैरकानुनी रुपमा कागज गराई हालसम्म पर्खाल नभत्काइएको हुँदा तारेखमा राखेको छ । सार्वजनिक अपराधमा फसाउँछौ भनी तारेख राखेको छ । ३. विपक्षी सीतादेवीको निवेदनको आधारमा विपक्षी जिल्ला प्रहरी कार्यालय काठमाडौंले पक्राउ गरी लगी तारेखमा राखी कुटपिट समेत गरी जग्गाको हक स्वामित्व छोडाउने पर्खाल भत्काउने भन्ने गराएको ०४६।११।२२ र ०४६।११।८ को तथा अन्य मितिमा विभिन्न व्यहोराको कागजहरु गराउने जग्गाको हक बेहक निर्णय गर्ने विपक्षीको कार्यवाही अ.बं. ३५ नं. प्रतिकूल हुँदा सो कागजहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई कुनै प्रकारले तारीखमा नराखी दिनु