निर्णय नं. ११००५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११००५ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०१/०५ १४९१ सर्वोच्च अदालत, संयुक्त इजलास स. का. मु. प्रधान न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।१।५ ०७८-WO-०२६३ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ स्थित ब्लु इनर्जी प्रा.लि. को अख्तियारप्राप्त गरी आफ्नो हकमा समेत ऐ. का अध्यक्ष शेखरकुमार राणा विरूद्ध प्रत्यर्थी : नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत विपक्षी विभाग तथा मन्त्रालयबाट नै कोभिड-१९ को अवस्थालाई काबु बाहिरको परिस्थिति मानी स्वीकारिसकेको अवस्थामा सो समयको लागि प्रदान गरिने सुविधा सबै सरोकारवालाहरूले पाउने कुरा वैध अपेक्षा (legitimate expectation) को विषय हुने । (प्रकरण नं.१०) निवेदक आयोजनाको अनुमति पत्रअनुसार वित्तीय व्यवस्थापनको अन्तिम म्याद मिति २०७७।१०।६ गते भएकोमा सो अवधिमा कोभिड-१९ को असर सम्बन्धमा अध्ययन गर्न मन्त्रालयबाट मिति २०७७।५।२२ गते समिति गठन भई अध्ययन भइरहेको र सो समितिले दिएको प्रतिवेदनअनुसार मिति २०७७।११।३० भित्र निवेदन दिने आयोजना तथा प्रवर्द्धकहरूलाई एक वर्ष म्याद थप्ने निर्णय भई सूचनासमेत जारी भएको अवस्थामा सो प्रतिवेदन पेस नहुँदै समय समयमा म्याद थपको अनुरोध गरी आएको निवेदकले उक्त सुविधा नपाउने भन्ने कुरा कानून र तर्कसङ्गत नहुने । अनुमति पत्रको सर्त र निर्देशिकाबमोजिम स्वतः रद्द हुने भई रद्द भइसकेको भन्ने तर्क यस महामारीको अवस्थामा उचित नहुने । (प्रकरण नं.११) निवेदकको पटकपटकका अनुरोधका बाबजुद अनुमति पत्रको सर्त तथा निर्देशिकाबमोजिम स्वतः अनुमतिपत्र रद्द हुने गरी निर्णय भइसकेको भन्ने मात्र आधारमा सो समयावधिको समस्या सम्बोधनको लागि भएको मन्त्री स्तरीय निर्णयको सुविधा सोही अवधिमा प्रभावित यी निवेदकले नपाउने भन्नु प्राकृतिक न्यायको सिद्धान्त र समानताको हकविपरीत हुने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री सूर्यप्रसाद कोइराला, श्री रमणकुमार श्रेष्ठ र अधिवक्ताद्वय श्री अमरजिवी घिमिरे र श्री किरण पौडेल प्रत्यर्थीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला तथा विद्वान् अधिवक्ता श्री लक्ष्मण थपलिया अवलम्बित नजिर : ने.का.प.२०५६, नि.नं.६६६२, पृ.७६ ने.का.प.२०७३, नि.नं.९५४४ ने.का.प.२०७४, नि.नं.९७५३ सम्बद्ध कानून : नेपालको संविधान विद्युत् ऐन, २०४९ आदेश न्या.सुष्मालता माथेमा : नेपालको संविधानको धारा ४६ र धारा १३३(२)(३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड निवेदकमध्येको ब्लु इनर्जी प्रा.लि. (यसपछि "कम्पनी" भनिएको) जलविद्युत्‌को सर्वेक्षण, वितरण एवं उत्पादन गर्ने उद्देश्यले कम्पनी कानूनबमोजिम दर्ता भएको निकाय हो । निवेदकमध्येको शेखरकुमार राणा कम्पनीको सेयरधनी एवं सञ्चालक समितिको अध्यक्ष भई कम्पनीको सरोकारको विषयमा सार्थक सम्बन्ध भएको नेपाली नागरिक हुँ । विद्युत् ऐन, २०४९ (यसपछि “ऐन” भनिएको) को दफा ३ र ४ मा विद्युत्‌को सर्वेक्षण, उत्पादनलगायतका कार्य गर्न अनुमति दिने व्यवस्था भएबमोजिम निवेदक कम्पनीले त्रिशुली नदीको चितवन, गोर्खा एवं धादिङ जिल्लाको साबिकको दारेचोक, मकैसिंह, मनकामना, तावलुङ्ग, ताङ्लीचोक, भुमलीचोक,