निर्णय नं. ११००६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११००६ - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०९/१२ ९७० सर्वोच्च अदालत, संयुक्त इजलास स. का.मु. प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।९।१२ ०७९-WH-००८६ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : सन्तोषकुमार देवको पत्नी सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं.१३ स्थायी घर भई काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१४ कुलेश्वर स्थित AARAV HoME APPLIANCES Pvt. ltd. को सञ्चालक हाल कारागार कार्यालय, जगन्नाथदेवल, त्रिपुरेश्वरमा थुनामा रहेकी रंजिता कुमारी देव विरूद्ध प्रत्यर्थी : ललितपुर जिल्ला अदालत, ललितपुरसमेत निवेदिकाको हाल बसोबास गरेको वतनमा म्याद जारी नगरी विवाह हुनुभन्दा पहिले बनेको नागरिकतामा उल्लेख भएको ठेगानालाई स्थायी ठेगाना मानी उक्त ठेगानामा म्याद जारी गरी घरदैलोमा टाँस गरिएको बेहोरा खुलाई प्राप्तभएको म्यादलाई रीतपूर्वक तामेल भएको मान्न नमिल्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतो तथा विद्वान् अधिवक्ताद्वय श्री विष्णुप्रसाद पोख्रेल र डा. श्री जयमंगल प्रसाद प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत तथा विद्वान् अधिवक्ताहरू श्री भिमप्रसाद पौडेल, श्री दिव्यराज घिमिरे र श्री हरिबहादुर बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश का.मु.प्र.न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः तथ्य खण्ड म रिट निवेदिका AARAV HOME APPLIANCESPVT. LTD. को सञ्चालक रहेकोमा कुनै विवाद छैन । प्रत्यर्थीमध्येको Nepal Tech Group Pvt. Ltd., Prasidha International Pvt. Ltd, Ultra Solar Energy And St. Engg Pvt. Ltd को सञ्चालकहरूसँग व्यापारिक कारोबार हुँदै आएको अवस्थामा मैले आफ्नो कम्पनीकै नामको चेक काटी दिएको ठिक साँचो हो । निजहरूसँग लिएको सामान विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारण बिक्री हुन नसकेकोले विपक्षीहरूले धरौटीबापत काटेको चेकहरूको केही रकम बुझेको अवस्थामा उक्त चेक फिर्ता नगरी बाँकी रहेको थियो । सो रकमको हरहिसाब नै नगरी म निवेदिकाले काटेको चेकउपर बैंकिङ कसुरमा जाहेरी दिएका रहेछन् । उक्त मुद्दामा कारबाही हुँदा मेरो बसोबास रहेको ठेगानामा उच्च अदालत पाटनबाट म्याद जारी नभई बसोबास नरहेको ठेगाना सप्तरी जिल्ला, अग्नीसाइर कृष्णासवरन गा.पा.वडा नं.३ मा म्याद जारी भई मिति २०७८।११।११ गते घरदैलोमा म्याद टाँस भएको बेहोरा जनाई तामेली म्यादको आधारमा मुद्दा फैसला हुँदा कुनै थाहा जानकारी भएन । उक्त मुद्दामा हाजिर भई प्रतिवाद गर्ने मौकाबाट वञ्चित रहेकै अवस्थामा तीन थान (२०७८-CB-०१०६, २०७८-CB-०९९६, ०७८-CB-०९९७) मुद्दामा क्रमशः मिति २०७९/०३/१३ र २०७९।०३।२४ मा एकतर्फी फैसला भई कैद ०।०।६ दिन, जरिवाना रू.१७,७७,१८०।- र क्षतिपूर्ति रू.७१,०८७।– ठहरी उक्त कैद, जरिवाना र क्षतिपूर्ति बेरूजु रहेकोमा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्ज, काठमाडौंको टोलीले मिति २०७९।०५।१९ गते पक्राउ गरी मिति २०७९।५।१९ देखि २०७९।५।२४ सम्म थुनामा राखी जरिवाना रू.१७,७७,१८० दाखिला गरे मिति २०७९।५।२५ मा कैदबाट छाडिदिनु, लागेको जरिवाना दाखिला गर्न नसके दिनको रू.३००।- का दरले १० वर्ष कैदमा