निर्णय नं. ११००८ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११००८ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०४/२० १९७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।४।२० ०७२-CR-१३९० मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, सिंगटी गा.वि.स.१ वडा नं. घर भई हाल कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहेका वर्ष २५ का सोम छिरिङ शेर्पा विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(२) को जाहेरीले नेपाल सरकार पीडितको उमेर अनिवार्य रूपमा निजको अभिभावक वा स्कुल तथा डाक्टर विशेषज्ञबाट अनुसन्धानकर्ताले खुलाई यकिन गरी दाबी लिनुपर्ने । प्रहरी आफैँले पीडितको उमेर लेखी स्वास्थ्य जाँच गर्दा उल्लेख भएको आधारले मात्र पीडित नाबालक रहेको भन्ने पुष्टि नहुने । पीडितको उमेर यकिन नै नगरी अभियोग दाबीमा अनुसन्धानकर्ताका मनोगत भनाइलाई आधार लिई पीडितको उमेर नाबालक भन्ने प्रमाणित नहुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणहरी अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : स.अ.बुलेटिन २०७४, असोज, वर्ष २६, अङ्क १२, पूर्णाङ्क ६०६ सम्बद्ध कानून : सुरू फैसला गर्ने :- माननीय न्यायाधीश श्री लेखनाथ ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत, पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मिति २०७०।५।१९ गते नाबालिका पीडितलाई जबरजस्ती करणी गरेको भन्ने घटना सम्बन्धमा जिल्ला दोलखा सिङ्गटी १ घर भई हाल का.जि.का.म.न.पा.३५ बस्ने वर्ष २४ को सोम छिरिङ शेर्पालाई पक्राउ गरी दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । मिति २०७०।५।१९ गते अं.१७:०० बजेदेखि अं.१८:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका१६ सुकुम्बासी टोल नजिकै चौरी जस्तो एकान्त ठाउँमा सोम छिरिङ शेर्पा र निजको साथी कान्छा भन्ने मानिसले परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(२) (ख) नाबालिकालाई जबरजस्ती करणी गरेको हुँदा पीडितको स्वास्थ्य परीक्षणसमेत गरी फरार रहेका कान्छा भन्नेसमेतलाई खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम नयाँ बानेश्वर २६(२) को जाहेरी दरखास्त । मिति २०७०।५।१९ गतेका दिन म कामबाट फर्कने क्रममा तत्काल नाम नखुलेका र हाल थाहा पाएअनुसार सोम छिरिङ शेर्पा र निजको साथी कान्छा भन्नेले मलाई ललाइ फकाइ चाउचाउ खान दिई एकान्त स्थान चौरी जस्तो ठाउँमा लगी दुवै जनाले मलाई जबरजस्ती करणी गरेका हुन्, कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम नयाँ बानेश्वर २६(२)(ख) ले गरिदिएको घटना विवरण कागज । मिति २०७०।५।१९ गते अं.१७:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका १६ स्थित पीडितले देखाएबमोजिम खाली जग्गामा प्रतिवादी सोम छिरिङ शेर्पासमेतले जबरजस्ती करणी गरेको र अपराधसँग प्रमाण लाग्ने कुनै चिज वस्तु फेला नपरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०७०।५।१९ गते अं.१७:०० बजेको समयम