निर्णय नं. ११००९ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११००९ - आयकर भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/१२/२१ १२२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७८।१२।२१ ०७१-RB-०२१२ मुद्दाः- आयकर पुनरावेदक : ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुरको तर्फबाट ऐ. का प्रमुख कर प्रशासक आनन्दराज ढकाल विरूद्ध प्रत्यर्थी : प्राइम इन्टरनेशनल प्रा.लि. त्रिपुरेश्वर, काठमाडौं करदाता कम्पनीले उधारो बिक्री गरेको सामानको रकम समयमा नै असुल हुन सकोस् भन्ने उद्देश्यले गरेको सम्झौताको सर्तलाई आधार मानेर बाध्यात्मक रूपमा ब्याज असुल भएकै हुनुपर्ने भनी व्याख्या गरिनु मनासिब नहुने । भएको आम्दानीमा आयकर लाग्ने हो, सम्भावित वा अनुमानित लाभको कुरालाई गणना गरेर केवल शंका र अनुमानको आधारमा करदातालाई अनुचित रूपमा आयकरको दायित्व वहन गराउन नमिल्ने । (प्रकरण नं.२) पुनरावेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रमणकुमार कर्ण अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ सुरू निर्णय गर्ने पदाधिकारीः- श्री नवराज भण्डारी प्रमुख कर प्रशासक पुनरावेदन तहमा फैसला गर्ने:- माननीय अध्यक्ष श्री गोपाल पराजुली राजस्व सदस्य श्री तारादेव जोशी लेखा सदस्य श्री भगिराज इङ्गनाम राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या.ईश्वरप्रसाद खतिवडा : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा करदाता प्राइम इन्टरनेसनल प्रा.लि.ले आ.व. २०५९/०६० को लागि आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम पेस गर्नुपर्ने आय विवरणमा रू.१,०८,९३,५९१।५४ करयोग्य आय कायम गरी नाफा नोक्सान हिसाब, वासलातसहितको मिति २०६०/०९/३० मा पेस गरेको आय विवरण । करदाताको यस आ.व. ०५९।०६० को सम्बन्धमा आयकर ऐन, २०५८ बमोजिम कट्टी गर्न नपाइने खर्चसमेत दाबी भएको देखिएकोले सोही ऐनको दफा १०१ बमोजिम रू. १,८०,०२,१०४।३९ संशोधित कर निर्धारण भएकोमा सोबमोजिम गर्नु नपर्ने कुनै ठोस प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम करदातालाई मिति २०६३/१२/२० मा सूचना गरिएको । करदाताले मिति २०६३/१२/२२ मा बुझिलिएको । Bad debt खर्च सम्बन्धमा पटकपटक पत्राचार, टेलिफोन सम्पर्क गरी आसामी उठाउन हरसम्भव प्रयास गरेको, बिमा प्रिमियम खर्च, टेलिफोन महसुल, दुर्गा मार्केटिङलाई ब्याज दिएको रकम, घटी बिक्री देखाएको खर्च, Load unload expenses बापतको खर्च, closing stock घटी valuation बापतको खर्च, उधारो बिक्रीमा ब्याज नलिएको तथा गत वर्षको घाटा कट्टी गरेको रकम खर्च कट्टी गरी कम्पनीले पेस गरेको आय विवरण नै वास्तविक आय विवरण हो । संशोधित कर निर्धारण हुन नपर्ने भन्ने मिति २०६४/०१/०७ मा करदाताले पेस गरेको जिकिर । Bad Debt अन्तर्गत आयकर ऐन, २०५८ को दफा २५.२(ख) बमोजिम डुबेको ऋणको रूपमा अपलेखन गर्नुपर्ने पर्याप्त प्रमाण साथ पुष्टयाईं पेस हुन नआएकाले यस्तो दाबी खर्चलाई कट्टी दिन नमिल्ने, आफ्नो स्वामित्वमा नभएको भवनको बिमाबापतको खर्च, गत वर्षको टेलिफोन महसुल यस वर्ष भुक्तानी दिएको खर्च, कम्पनीले दुर्गा मार्केटिङलाई ब्याज रकम दिएको खर्च, घटी बिक्री देखाएको खर्च, Load unload expenses बापतको खर्च, closing stock घटी valuation ब