निर्णय नं. ११०१० - हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१० - हक कायमसमेत भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०३/१९ ८७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।१९ ०७४-CI-०५२४ मुद्दा: हक कायमसमेत पुनरावेदक / प्रतिवादी : दुर्गा गौतमकी पत्नी जिल्ला नवलपरासी, प्रगतिनगर न.पा.वडा नं.४ बसोबास भई का.जि. धापासी गा.वि.स. वडा नं. ८ घर रही हाल बेलायत लण्डनमा बसोबास भएको वर्ष ४१ की मिनुकला तिवारी (गौतम) विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१ स्थित एन.आई.डि.सि. क्यापिटल मार्केट्स लि.को अख्तियार प्राप्त महाप्रबन्धक खुमबहादुर हिरा सिंह राणा कानूनतः मुद्दाको परिणामबाट असर पर्ने पक्षलाई नक्सा मुचुल्का गर्ने प्रक्रियामा सामेल गराउनु वा सामेल हुने मौका प्रदान गर्नु अनिवार्य हुने । एकैसाथ लगाउमा रही चलेको मुद्दामा असर पर्ने पक्षलाई जानकारीसम्म पनि नदिई एकपक्षीय रूपमा गरिएको नाप नक्सा मुचुल्कालाई कानूनी रीतअनुकूल भएको नाप नक्सा मुचुल्का भनी मान्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताद्वय श्री शरणशंकर पौडेल र श्री युवराज अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्यायाधीश श्री ईश्वरराज आचार्य काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा फिरादी एन.आई.डि.सी. क्यापिटल मार्केट लि. को निर्विवाद हकभोग तिरोको काठमाडौं जिल्ला धापासी गा.वि.स. वडा नं. ९(क) को कि.नं. ७१५ को १-०-०-०, ऐ. ऐ. कि.नं. ७१६ को १-०-०-० समेत २-०-०-० जग्गामध्ये कि.नं. १६ को पश्चिमतर्फबाट कि.नं. ७१६ मध्येको ०-२-१-३ जग्गा घुसेकोमा नापीले काठमाडौं धापासी गा.वि.स. वडा नं. ८ कि.नं. १६ नक्सा सिट नं. १०२-०९८५-०३ को जग्गा सम्बन्धमा मौजुदा स्रेस्तासमेत भिडाई हेर्दा साबिक नक्सा प्रमाणभन्दा क्षेत्रफल घटी देखिएकोले घर पर्खाल बनाई भोगचलन गरेको मिनुकला तिवारीको देखिएको उक्त कि.नं. १६ को क्षे.फ. १७८.८० व.मि. मिनुकला तिवारीका नाउँमा दर्ता गरी दिने भन्दै ६ नं. नापी गोश्वराले विपक्षीको नाममा कि.नं.१६ को सम्पूर्ण जग्गा दर्ता गर्ने निर्णय गरेको छ । तसर्थ फिरादी कम्पनीको काठमाडौं धापासी गा.वि.स. वडा नं. ८(क) कि.नं. ७१६ को जग्गामध्ये उत्तरतर्फको ०-२-१-३ जग्गा हाल नापीको कि.नं. १६ को पश्चिमतर्फ घुसी नापी भएकोले सो घुसेको जती जग्गासमेत ६ नं. नापी गोश्वाराले प्रतिवादीको नाममा दर्ता गर्ने गरी गरेको निर्णय दर्ता बदर गरी फिरादीकै हक कायम दर्ता हुने निर्णय गरिपाउँ भन्नेसमेत बेहोराको एन.आई.डि.सि. क्यापिटल मार्केट्स लि.को फिरादपत्र । प्रतिवादीको कि.नं.१६ को दक्षिण कि.नं. १५ को जग्गा पर्छ । सो जग्गा मेरी सासू सीता गौतमको जग्गा हो । म प्रतिवादीको नाममा नम्बरी दर्ता रहेको का.जि. धापासी गा.वि.स. वडा नं.८(क) साबिक कि.नं. १५६ को क्षे.फ. ०-६-० (हाल नापीको कि.नं. १६ क्षे.फ. १७८.८० व.मि.) जग्गामा पक्की घर न