निर्णय नं. ११०१२ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०१२ - उत्प्रेषण / परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/०४/३० ८३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।४।३० ०७२-CI-१६३८ मुद्दा:- उत्प्रेषण / परमादेशसमेत पुनरावेदक / निवेदक : जिल्ला नवलपरासी, देवचुली नगरपालिका, वडा नं.१३ स्थायी घर भई हाल धुलिखेल नगरपालिका, वडा नं.७ अवस्थित काठमाडौं विश्वविद्यालयबाट निष्काशित गरिएको डा. दिपकराज अधिकारी विरूद्ध विपक्षी / वादी : काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं. ७ मा रहेको काठमाडौं विश्वविद्यालयसमेत विश्वविद्यालय परिवारको मर्यादित पदमा रहेको सदस्यबाट आफूउपरको छानबिनमा आपत्ति जनाउनु, धम्कीपूर्ण भाषामा पत्रहरू लेख्नु र आफूभन्दा वरिष्ठ सोही सङ्कायको डिनउपर विद्यार्थीहरूलगायत अन्य व्यक्तिहरूका सामुन्ने कुटपिट, हातपात, गाली गलौजमा उत्रनुलाई अनुशासनहीन कार्य नै मान्नुपर्ने । यस स्थितिमा निजलाई विभागीय कारबाही गर्दा लगाइएको आरोप कानून प्रतिकूल र त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं.७) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री टिकाराम भट्टराई र श्री अम्बरबहादुर राउत विपक्षी / वादीका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री निरन्जन आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री हेमराज पन्त पुनरावेदन अदालत, पाटन आदेश न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- तथ्य खण्ड म रिट निवेदक डा. दिपकराज अधिकारी काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको खुल्ला प्रतिस्पर्धाबाट ११ वर्षअगाडि Teaching Assistant पदमा शिक्षण सेवामा प्रवेश गरी क्रमशः Lecturer, Assistant Professor हुँदै हाल Associate Professor पदमा कार्यरत रही हालसम्म कुनै पनि ऐन, नियमको उल्लङ्घन तथा अनुशासनविपरीतको काम गरेको छैन । २०७१ सालको दशैंअगाडि विद्यार्थीहरूबाट मेरो विरूद्धमा उजुरी परेको भनी मौखिक रूपमा जानकारी गराइएको थियो । सो उजुरीपछि गठन भएको छानबिन समितिले गरेको निर्णयसमेतका सूचना दिन कार्यालयसँग माग गर्दा उपलब्ध नगराएपछि सूचना प्राप्तिका लागि म सूचना आयोग गएको थिएँ । सूचना आयोगबाट जारी भएको आदेशबमोजिम सूचना दिने अनुरोधलाई विपक्षीहरू ४, ५ र ६ नं. बाट पूर्णत: बेवास्ता गरिएबाट उत्पन्न वादविवादको सामान्य घटनालाई आधार मानी मलाई मिति २०७१।९।२३ का दिन विपक्षी नं. ५ माथि गालीगलौज हातपातसमेत गरेको र सो कार्य प्राज्ञिक आचारणविपरीत पाइएको भनी काठमाडौं विश्वविद्यालय शिक्षक तथा कर्मचारी सेवा सर्त नियम, २०५० को नियम ९,३(४) को (क), (ख) र (छ) को समेत प्रतिकूल देखिएकोले तपाइँलाई सेवाबाट बर्खास्त किन नगर्ने ? भनी ७ दिनभित्र लिखित स्पष्टीकरण माग गरेपछि मैले आत्मालोचित हुँदै विपक्षी कार्यकारी परिषद्समक्ष मिति २०७१।९।२९ मा स्पष्टीकरण पेस गरेको थिएँ । मैले दिएको स्पष्टीकरणलाई पूर्णतः बेवास्ता गर्दै विद्यमान नियम तथा कानूनको गलत व्याख्या गर्दै काठमाडौं विश्वविद्यालय, कार्यकारी परिषद्को मिति २०७१।१०।८ को बैठकबाट मलाई भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी निर्णय गरियो । सो निर्णयउपर मैले पुनरावेदन समितिमा पुनरावेदन गरेकोमा सो समितिबाट समेत परिषद्को निर्ण