निर्णय नं. ११०१३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१३ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/१०/२७ १९५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।१०।२७ मुद्दाः- कर्तव्य ज्यान ०७५-CR-०३५० पुनरावेदक / वादी : प्रेमबहादुर रानाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कमलबहादुर श्रेष्ठका छोरा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. १ वतन भएका अनिल श्रेष्ठसमेत ०७६-CR-०६०३ पुनरावेदक / वादी : प्रेमबहादुर रानाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला दोलखा भीमेश्वर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने कृष्णबहादुर श्रेष्ठको छोरा प्रकाश भन्ने मिलन श्रेष्ठ ०७४-CR-०५७५ पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. १ इम्बाटोल घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेका अनिल श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : प्रेमबहादुर रानाको जाहेरीले नेपाल सरकार ०७६-CR-०९२४ पुनरावेदक / प्रतिवादी : जिल्ला दोलखा भीमेश्वर नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने हाल कारागार कार्यालय जन्नाथदेवल काठमाडौंमा थुनामा रहेका प्रकाश भन्ने मिलन श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : प्रेमबहादुर रानाको जाहेरीले नेपाल सरकार प्रमाण पेस गर्ने जिम्मेवारी भएको पक्षले उचित कार्यविधि (due process) पुर्याएर पेस गरेको प्रमाण मात्र अदालतले स्वीकार गर्नुपर्ने । कानूनले नदिएको अधिकारको प्रयोग गरी, प्रक्रिया पूरा नगरी गराएको कागजलाई आधार मानी निजका विरूद्ध प्रमाणमा लिई कसुरदार ठहर गर्नु न्यायसम्मत नहुने । (प्रकरण नं.७) ठोस प्रमाणहरू पेस हुन नसकेको अवस्थामा केवल प्रहरीमा दुवै नाम गरेको व्यक्ति एउटै व्यक्ति हो भनी गराएको एक मात्र कागजको आधार कारणबाट मात्र व्यक्तिको परिचय परिवर्तन हुन सक्ने अवस्था नदेखिने । (प्रकरण नं.८) वारदातमा संलग्न रहेको व्यक्तिको सम्बन्धमा पर्याप्त अनुसन्धान नगरी, निजको पहिचान नै यकिन नगरी कुनै वस्तुगत आधारविना नै कुनै पनि व्यक्तिउपर फौजदारी कसुर गरेको आरोपमा सजाय दिलाउनु कानून र न्यायको मान्य सिद्धान्तको विपरीत हुने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा तथा विद्वान् अधिवक्ताहरू श्री मोहनबहादुर बञ्जारा क्षेत्री र श्री पदमबहादुर गिरी अवलम्बित नजिर : ने.का.प.२०५७, अङ्क ८, नि.नं.६९३२ ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१७ ने.का.प.२०७३, अङ्क ८, नि.नं.९६६१ ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४६ ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री दिपेन्द्र अधिकारी मा. जिल्ला न्यायाधीश श्री वासुदेव न्यौपाने काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट मा. न्यायाधीश श्री तेज नारायण सिंह राई माननीय न्यायाधीश श्री यज्ञराज भट्ट मा. न्यायाधीश श्री ठाकुर प्रसाद शर्मा पौडेल उच्च अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : उच्च अदालत पाटनको मिति २०७४।४।१० र मिति २०७६।१।२ को फैसलाउपर न्याय प्रशासन ऐ