निर्णय नं. ११०१४ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१४ - फैसला बदर भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/०१ ८६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।८।१ ०७१-CI-१६५९ मुद्दा : फैसला बदर पुनरावेदक / प्रतिवादी : ओरीलाल कुर्मीको छोरा जिल्ला बाँके, केलहरी गाउँ विकास समिति वडा नं. ४ बस्ने रामसागर कुर्मी विरूद्ध प्रत्यर्थी / वादी : दरगाही दर्जीको श्रीमती जिल्ला बाँके मानिकापुर गाउँ विकास समिति वडा नं. २ बस्ने सायरा दर्जी राजमार्ग जस्तो संवेदनशील र राज्यलाई अत्यावश्यक पर्ने स्थलसँग जोडिएका जग्गाहरू कसैले अनधिकृत बसोबास गरेका आधारमा सुकुम्बासीहरूलाई बाँड्ने कार्य राज्यप्रतिको उत्तरदायित्वपूर्ण कार्य मान्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राकेशकुमार शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कविप्रसाद न्यौपाने बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री यमुना भट्टराई पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.डा.कुमार चुडाल : पुनरावेदन अदालत नेपालगन्जको मिति २०७१।८।१६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्यगत बेहोरा राजेशकुमार बर्माले जिल्ला बाँके, मनिकापुर गाउँ विकास समिति वडा नं.२ साबिक कि.नं.१०४ र १०५ समेत कित्ता काट गरी कायम कि.नं.३८५, ३८६, ३८७, ३८८ समेतका प्लटहरू बनाई सो जग्गाको पूर्वतर्फ रहेको कि.नं.१०३ को सरकारी ऐलानी पर्ती जग्गामा बसोबास गरिरहेको म फिरादी जस्ता भूमिहीन सुकुम्बासीहरूको बासस्थानसम्म नरहने गरी बुद्धि लोनियासमेतका मानिसहरूउपर श्यामलाल कुर्मीले आफ्नातर्फबाट सरकारी जग्गामा बनाएका घर हटाई निकास खुलाई पाउँ भनी संवत् २०६५ सालको दे.नं.७४-०६५-००७०५।१२२२ को मुद्दा र मेरा पतिले दरगाही दर्जीउपर २०५८ सालको दे.नं.१५२७ को सरकारी जग्गामा बनेको फुसको टहरो हटाई निकास खुलाइपाउँ भनी मुद्दा दायर गरी मुद्दा अन्त्य भई पुनः चलनमा दरखास्त दिई सोबमोजिम सुरू अदालतबाट मिति २०६८।१२।११ मा गाउँ सरजमिन हुँदाको अवस्थामा मेरो भोग चलनमा रहेको घर टहरोसमेत विपक्षी प्रतिवादीमध्येका मेरा पति प्रतिवादी दरगाही दर्जीको भोग चलनमा रहेको भनी सर्जमिनसमेत गरे गराएबाट विपक्षीहरूको मिलोमतोमा मेरो हक भोग चलनमा रहेको कि.नं.१०३ मध्येकै घर टहरामा मेरो भोगाधिकार नै नरहने गरी विपक्षी प्रतिवादीको मिलोमतोबाट म वादीको हक जाने मेटाउने काम भएकोले अन्यायमा परी फिराद गर्न आएकी छु । अतः प्रतिवादीलाई तलब गरी २०५८ सालको दे.नं. १५२७ को मिति २०६८।३।३१ को फैसला अ.बं.८६ नं. बमोजिम बदर गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र । वादीको फिराद लेखअनुसार नै कि.नं.१०३ को जग्गा फिल्डबुकमा नै नेपाल सरकारको ऐलानी प्रति जग्गा भएको र सो जग्गाको सम्बन्धमा व्यक्ति विशेषले कुनै किसिमको हकदैया देखाई नालेस गर्न पाउने अवस्था नरहेकोले प्रस्तुत मुद्दामा समेत वादीको अ.बं.८२ नं. बमोजिम हकदैया नै नपुगेको र हकदैयाको प्रमाण नै नभएको अवस्थामा प्रस्तुत दाबी खारेज भागी छ खारेज गरिपाउँ भन्नेसमेत बेहोराको