निर्णय नं. ११०१५ - अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१५ - अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०७/२८ ६५४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा। श्री कुमार चुडाल फैसला मिति स् २०७९।७।२८ ०७५(ऋच्(२६३८ मुद्दाः अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी पुनरावेदक र प्रतिवादी स् विजुली यादवको छोरा जिल्ला सप्तरी विस्नु गाउँपालिका वडा नं। १ स्थायी घर भएको सन्तोषकुमार यादव विरूद्ध प्रत्यर्थी र वादी स् परिवर्तित नाम संगिताको जाहेरीले नेपाल सरकार पीडित तथा जाहेरवालाले आफूले गरेको दाबी परिवर्तन गरी प्रतिकूल बकपत्र गरेको अवस्थामा अन्य प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कनबाट घटना भएको र घटनामा आरोपित व्यक्तिको संलग्नता रहेको पुष्टि हुने प्रत्यक्ष वा परोक्ष प्रमाण छन् भने जाहेरवाला वा पीडितको प्रतिकूल बकपत्रलाई अस्वीकार गर्न सकिने । ९प्रकरण नं।५० पीडित र प्रतिवादीबिच बालविवाह भएको तथ्य स्थापित भइरहेको स्थितिमा निज पीडितको करणीसम्बन्धी स्वास्थ्य परीक्षण प्रतिवेदन एकल रूपमा जबरजस्ती करणीको निश्चयात्मक प्रमाण ९अयलअगिकष्खभ भखष्मभलअभ० हुन नसक्ने । ९प्रकरण नं।९० नेपाल सरकार वादी भई चल्ने फौजदारी मुद्दालाई देवानी मुद्दामा परिणत गर्न सकिने भए तापनि नेपाल सरकार वादी भई अनुसूचीको कुनै प्रकारको मुद्दालाई नेपाल सरकार वादी भई चल्ने अर्को प्रकारको अनुसूचीको फौजदारी मुद्दामा परिवर्तन गर्न सकिने । ९प्रकरण नं।१४० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ताद्वय श्री शंकरबहादुर राउत र श्री मुना दाहाल प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर स् ने।का।प।२०५५, अङ्क २, नि।नं।६५१० ने।का।प।२०६६, अङ्क ३, नि।नं।८१११ ने।का।प।२०६६, अङ्क १०, नि।नं।८२४३ ने।का।प।२०७२, अङ्क ५, नि।नं।९३९३ ने।का।प।२०७४, अङ्क १०, नि।नं।९८८९ सम्बद्ध कानून स् नेपालको संविधान मुलुकी फौजदारी संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः( मा। जिल्ला न्या। श्री राजकुमार कोइराला उदयपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः( माननीय न्यायाधीश श्री विदुर विक्रम थापा माननीय न्यायाधीश श्री शालिग्राम कोइराला उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या।डा।कुमार चुडाल स् उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७५।०८।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा ९१० अन्तर्गत यस अदालतमा वादी नेपाल सरकारको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड मिति २०७२।११।११ को जाहेरी दरखास्तः प्रतिवादी सन्तोषकुमार यादव छिमेकी बिन्दा साहको घरमा आउने जाने गर्दा मेरो घरमा कोही नभएको अवस्थामा मेरी छोरी वर्ष १५ की परिवर्तित नाम त्रियुगा खोला भेट्न आई स्मार्ट फोन ९मोबाइल० हातमा दिई विभिन्न प्रलोभन देखाई घरबाट बाहिर लाने प्रयास गर्दै गरेको रहेछ, सोही क्रममा मिति २०७२।११।८ गते अन्दाजी १३स्०० बजेको समयमा घरमा कोही नभएको मौका छोपी सन्तोषकुमार यादव आई छोरीको बिनामन्जुरी भारतमा लगी बिक्री गर्ने, जबरजस्ती करणी गर्ने, इच्छा विरूद्ध काममा लगाउने उद्देश्यले विभिन्न प्रलोभन देखाउँदा छोरीले इन्कार गर्दा डर त्रास देखाई, धाक धम्की दिई निज प्रतिवादीले परिवर्तित नाम त्रियुगा खोलालाई अपहरण गरी एकान्त स्