निर्णय नं. ११०१८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१८ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/१०/०३ ८१० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०७८।१०।३ ०७७-WO-१२७३ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : रामचन्द्र प्रसाद देवको नाति निरन प्रसाद देवको छोरा सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं.७ को परिवर्तित ऐ. वडा नं.६ घर भई हाल जिल्ला प्रहरी कार्यालय, उदयपुर मातहत प्रहरी चौकी वेलस्रोत दरबन्दी भई हाल महानगरीय प्रहरी प्रभाग गोंगबुमा प्रहरी जवान पदमा कार्यरत, संकेत नं.C-००१२४२१ को दयानन्द कुमार देव विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, गाइघाट, उदयपुरसमेत कोभिड १९ को महामारीको कारण विषम परिस्थिति सिर्जना भई देश बन्दाबन्दीको अवस्थामा गई जनजीवन नै ठप्प रहेको अवस्थामा बिरामी भई अस्पतालबाट डिस्चार्ज भएको व्यक्ति बन्दाबन्दीको कारण त्यो पनि कर्फ्युको समयमा ७ (सात) दिन कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा कारबाही नै गर्नुपर्ने उचित र पर्याप्त कारण देखिँदैन । प्रहरी नियमावली, २०७१ को नियम १०९ ले उचित र पर्याप्त कारण भएमा खराब आचरणमा विभागीय कारबाही गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । कोभिड महामारीको कारण देशमा उत्पन्न असहज र प्रतिकूल अवस्थामा व्यक्ति एक स्थानबाट अर्को स्थानमा पुग्न नसकेको अवस्थालाई कारबाहीको निमित्त उचित र पर्याप्त कारण मान्न नसकिने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नारायण झा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय प्रशासन ऐन, २०२८ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनसहितको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ: तथ्य खण्ड म निवेदक नेपाल प्रहरीको प्रहरी जवान पदमा मिति २०६९।०३।०१ मा भर्ना भई इमानदारीपूर्वक जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालन गर्दै आएकोमा मिति २०७७।०४।१५ गते स्वास्थ्य उपचारको लागि काठमाडौं स्थित वीरेन्द्र प्रहरी अस्पतालमा उपचार गराउँदा २१ दिन आराम गर्ने भनी उक्त अस्पतालबाट जिल्ला प्रहरी कार्यालय, उदयपुरलाई च.नं.२२२ को पत्रद्वारा जानकारी गराएकोमा मिति २०७७।०५।१० गते प्रहरी कार्यालय उदयपुरमा हाजिर हुनुपर्नेमा स्वास्थ्य उपचार गराई निको भएपछि काठमाडौंबाट उदयपुर गाइघाट जान काठमाडौंमा लागु रहेको निषेधाज्ञाको कारण सवारी साधन पाउन नसकी काठमाडौंमा अलपत्र परेको बेहोरा प्रहरी निरीक्षक छिरिङ शेर्पालाई जानकारी गराएको र खोजतलासको जानकारी पाएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शुशिल यादवज्यूलाई भेट गरी आफ्नो समस्या जाहेर गरेको थिएँ । सो सम्बन्धमा सुरू निर्णय गर्ने अधिकारीले कुनै जाँचबुझ नै नगरी मेरो स्पष्टीकरण जवाफ झुठो रहेको भनी मलाई नसिहत दिने गरी मिति २०७६।०६।०६ मा कारबाही गर्दा मुख्य रूपमा प्रहरी चौकी बेलस्रोत, उदयपुर दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान दयानन्द कुमार देव तालुक नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंको चलानी नं.२२२ मिति २०७७।०४।१५ गतेको पत्रसाथ दिन २१ (एक्काइस) को घर बिदासहित यस कार्यालयमा रवाना गरी पठाएकोमा निज प्रहरी जवान उक्त घर बिदा भुक्तान गरी मिति २०७७।०५।१० गते हाजिर हुनुपर्नेमा निज प्र.ज.आफूखुसी कोही कसैल