निर्णय नं. ११०१९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०१९ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०२/१९ २०८२ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।२।१९ ०७६-CR-१९३० मुद्दाः- जबरजस्ती करणी निवेदक / प्रतिवादी : कमलबहादुर कार्कीको छोरा साबिक खोटाङ जिल्ला हौचर गाउँ विकास समिति वडा नं.८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका घनश्याम कार्की विरूद्ध विपक्षी / वादी : परिवर्तित नाम महाराजगन्ज १२ को जाहेरीले नेपाल सरकार पीडिताको शारीरिक परीक्षणमा कुनै घाउचोट नदेखिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा जबरजस्ती करणीसम्बन्धी आधुनिक विधिशास्त्रले चोटपटक तथा सङ्घर्षका चिह्नहरूलाई मात्र कसुर स्थापित गर्ने सम्बन्धमा अत्यावश्यक ठान्ने गरेको नपाइने । यसका अलावा डर धाक धम्कीको प्रयोग गरी गरिएको जबरजस्ती करणीमा पीडितले अवरोध गर्न सक्ने अवस्था नरहने हुँदा चोटपटक तथा अवरोधका चिह्न नपाइनु स्वाभाविक हुने । (प्रकरण नं.६) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजुप्रसाद धिमाल विपक्षी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क १२, नि.नं.१०१४८ सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा. जिल्ला न्या. श्री सूर्यप्रसाद पराजुली काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य उच्च अदालत पाटन फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन,२०७३ को दफा १२ बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, पुनरावेदन जिकिर र यस अदालतको ठहर निम्न प्रकरणमा उल्लेख गरिएको छ:- तथ्य खण्ड महाराजगन्ज १२ को जाहेरी दरखास्तः मिति २०७३।०१।२० गतेदेखि मिति २०७३।०६।०८ गते बेलुका अ.१७.०० बजेको समयमा जिल्ला २६ स्थित जाहेरवालाको आफ्नै कोठामा नविन भन्ने घनश्याम कार्कीले मेरो नाबालिका छोरी वर्ष ११ की महाराजगन्ज १३ लाई विभिन्न प्रलोभन देखाई डर त्रास धाकधम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महाराजगन्ज १२ को मिति २०७३।०६।११ को जाहेरी दरखास्त । प्रहरी प्रतिवेदनः प्रतिवादी नविन भन्ने घनश्याम कार्कीको खोजतलास गर्दै जाने क्रममा मिति २०७३।६।११ गते डेरा कोठामा सुतिरहेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गरेका छौं निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।०६।११ को प्रहरी प्रतिवेदन । पीडित महाराजगन्ज १३ को कागजः प्रतिवादी नविन भन्ने घनश्याम कार्कीलाई मेरो दाजु भाइ नभएका कारण बुबाले निजलाई दाजु बनाएको हो । त्यसपछि निज हाम्रो घरमा आउने जाने गर्दथे । मिति २०७३।०१।२० गतेका दिन मेरो स्कुल बिदा भएकाले घरमा म र बहिनीहरू मात्रै भएको अवस्था पारी अन्दाजी दिउँसोको २ बजेतिर बहिनीहरूलाई पानी लिन धारामा पठाई निजहरू धारामा खेली बसिरहेको अवस्था पारी निज प्रतिवादीले मलाई माया गरे जस्तो गरी मेरो कपडा खोली खाटमा सुताई मेरो इच्छाविपरीत जबरजस्ती करणी गरी सो कुरा कसैलाई नभन्नु चकलेट ल्याइदिन्छु भनी त्यहाँबाट गए । त्यसपछि पनि निज घरमा कोही नभएको मौका छोपी निजले मलाई पटकपटक करणी गर्दै आएका हुन् । सो कुरा कसैलाई भनेमा बेस्सरी कुट्छु भनी धम्की दिएकाले मैले सो कुरा कसैलाई भनिनँ । स्कुलमा रेखा मिसले मेरो