निर्णय नं. ११०२० - केही सार्वजनिक अपराध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०२० - केही सार्वजनिक अपराध भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०५/२१ १५२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।५।२१ ०६८-CR-१२८९ मुद्दाः- केही सार्वजनिक अपराध पुनरावेदक / वादी : विपिनकुमार झाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : प्रतिवादी मगनु झा मरी हकवालाका नाताबाट पुनरावेदन गर्नेहरू जिल्ला धनुषा देवपुरा रूपैठा गा.वि.स. वडा नं. २ बस्ने ओमकुमार झासमेत बिगो दाबी गर्नेले लिएको दाबीको मात्र आधारमा बिगो भराउने हो भने दाबीकर्ताले वास्तविक क्षतिभन्दा बढी दाबी लिने अवस्थाको सिर्जना हुने । न्याय प्रदान गर्ने निकायलाई पीडितको क्षति भएको सम्पत्तिको बिगो भराउने अन्तिम निर्णय गर्ने मुख्य आधार प्रमाणित गर्न सो पुष्टि हुने कागजातसमेत सम्बन्धित निकायबाट बजार मूल्य खुलाई प्रमाणित गराई दाबी लिँदाका समयमा पेस गर्नुपर्ने दायित्व अभियोग लगाउने पक्षको रहने । हचुवाको भरमा कायम गरेको बिगोलाई न्यायको रोहमा भराउन नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राजु उप्रेती र श्री थिरबहादुर कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ सुरू तहमा निर्णय गर्नेः प्र.जि.अ. श्री रामशरण चिमोरिया जिल्ला प्रशासन कार्यालय धनुषा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर पुनरावेदन अदालत जनकपुर फैसला न्या.डा.मनोजकुमार शर्मा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम पुनरावेदन दर्ता भई न्याय प्रशासन ऐन, २०७३ बमोजिम इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड मिति ०६४।१।२७ गते अं.१२:०० बजेको समयमा प्रतिवादी मगनु झा र नचिनेका ३ जनासमेत भई मेरो घरमा प्रवेश गरी घर परिवारलाई जथाभावी गाली वचन प्रयोग गरी घरभित्रको धनमाल तोडफोड गरी मेरो कठालो समाती तानी सार्वजनिक सडकमा लछार पछार गरी गाली बेइज्जती गरी घरको छानोलगायत विभिन्न सरसमानहरू तोडफोड गरी रू.१,५०,०००।- बराबरको धनमाल क्षति पुर्‍याएको हुँदा निज प्रतिवादीहरूलाई खोज तलास पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको विपिनकुमार झाको जाहेरी दरखास्त । जिल्ला धनुषा गा.वि.स. देवपुरा रूपैठा गा.वि.स. वार्ड नं.२ स्थित विपीनकुमार झाको घरभरि सामान छरिएको, दक्षिणछेउको कोठामा बाकसहरू यत्रतत्र छरिएको, पुजाको सामानहरू यत्रतत्र छरिएको भाडा वर्तन लत्ता कपडाहरूसमेत यत्रतत्र छरिएको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६४।१।२७ गते दिनको अ.१२ बजेको समयमा मैले जाहेरवाला विपिनकुमार झाको घरमा प्रवेश गरी निजको घरमा प्रवेश गरी निजको घर परिवारका मानिसहरूलाई गाली अपशब्द गरी डर त्रास देखाई घरभित्रको धनमालहरू तोडफोड गरी घरको छानामाथि चढी छानाको टायल तोडफोड गरी रहेको अवस्थामा जाहेरवाला आउँदा निज जाहेरवाला विपिनकुमार झाले मलाई रोक्न खोज्दा निज जाहेरवाला विपिनकुमार झालाई कठालो समाती घरबाट लछार पछार गर्दै सार्वजनिक सडकमा लगी गाली अपशब्द प्रयोग गरेको हो भन्नेसमेत बेहोराको पक्राउ प्रतिवादी मगनु झाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बय