निर्णय नं. ११०२१ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०२१ - ज्यान मार्ने उद्योग भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/१५ २४३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।८।१५ मुद्दाः ज्यान मार्ने उद्योग ०७१-CR-१३०१ पुनरावेदक / वादी : सीता खतिवडाको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ५ बस्ने इन्द्रबहादुर कटुवालसमेत ०७२-CR-१७२० पुनरावेदक / प्रतिवादी : मोहनकुमार सुवेदीको छोरा जि.मोरङ डाँगीहाट गा.वि.स. वार्ड नं. ५ भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेको वर्ष २१ को आशिष सुवेदी विरूद्ध विपक्षी / वादी : जिल्ला मोरङ डाँगीहाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४५ सीता खतिवडाको जाहेरीले नेपाल सरकार घटना विवरण तथा वस्तुस्थिति मुचुल्का, वादीका साक्षी, पीडितले गरेको बयान तथा बकपत्र एवं सह-अभियुक्तमध्येका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको बयानले प्रतिवादी वारदात मितिमा सो स्थलमा रही वारदातमा संलग्न रहेको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले अन्य ठोस प्रमाण पेस गरी अन्यत्र रहेको पुष्टि गर्न नसकेको अवस्थामा एक जना साक्षीले गरेको बकपत्रको आधारमा मात्र प्रतिवादीले लिएको अन्यत्र स्थल रहेको (alibi) को जिकिर विश्वसनीय नदेखिने । (प्रकरण नं.२) प्रतिवादीले ज्यान मार्ने मनसाय राखी पीडितको टाउको जस्तो अंगमा खुकुरी प्रहार गरेकोमा पीडितको घाउ घातक भनी घा जाँच केस फाराममा उल्लेख नभएको हुनाले मात्र प्रतिवादीको उक्त कार्य ज्यान मार्ने उद्योगजन्य थिएन भन्न नमिल्ने । ज्यान मार्ने उद्योगको कसुरमा मनसाय प्रमुख तत्त्वको रूपमा रहने हुनाले पीडितको घाउको प्रकृति वा परिणामले मात्र निर्णायक भूमिका नराख्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान् अधिवक्ता श्री प्रविण सुवेदी अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८ ने.का.प.२०७१, अङ्क ११, नि.नं.९२८३ ने.का.प.२०७४, अङ्क ६, नि.नं.८३७८ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने अदालत:- मा.न्या.श्री ईन्द्रबहादुर कार्की मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने अदालत:- मा.न्या.श्री किशोर सिलवाल मा.न्या.श्री भीमकुमार ओझा पुनरावेदन अदालत विराटनगर फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड मोरङ डाँगीहाट ८ स्थित पूर्वमा हरिप्रसाद लुइँटेलको घर पश्चिममा खडगरन्न शाक्यको घर उत्तरमा भक्तबहादुर विष्टको घर दक्षिणमा मणीकुमार राईको घर यति चार किल्लाभित्र रहेको लक्ष्मी मार्ग र सोह्राभाग कच्ची बाटो मुनाल चौक भन्ने स्थान सो बाटो भुइँमा रगत यत्रतत्र देखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मेरो छोरा वर्ष २१ को हरि खतिवडा लक्ष्मीमार्ग चौकमा कुखुराको मासु काटी बेच्ने व्यवसाय गर्दथ्यो । केही दिन पहिला निज बस्ने ठाउँ विपक्षीहरूले दिपे भन्ने दिपक माझी, इन्द्रबहादुर कटुवाल, मोहन सुवेदी, सुनिल धिमाल र रितेश भुजेलसमेत ५ जनाले उल्लिखित घटनास्थलमा मिति २०६८।४।२२ गते राति अं. २१:४५ बजे मेरो छोरालाई एक्लै बनाई धारिलो हतियार खुकुरीले शरीरको यत्रतत्र भागमा प्रहा