निर्णय नं. १५५२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५५२ - उत्प्रेषण भाग: २४ साल: २०३९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३९/०४/२४ २४८५ निर्णय नं. १५५२ ने.का.प. २०३९ अङ्क ४ डिभिजनबेञ्च ईजलाश माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको रिट नं. १५९५ आदेश भएको मिति : २०३९।४।२४।१ मा निवेदक : जि.सुनसरी धरान न.पं.वडा नं.५ स्थित बंसिधर सिताराम फर्मको हिस्सेदार ऐ.बस्ने केदार नाथ लोहिया विरुद्ध विपक्षी : श्री ५ को सरकार कर कार्यालय धरान, श्री राजश्व न्यायाधीकरण धरान बिषय : उत्प्रेषण (१) जुन जुन कुरामा पुनरावेदन तहबाट निर्णय भई सकेको छ, त्यसलाई फेरि यो असाधारण अधिकार क्षेत्रबाट दोहराई हेर्ने अवस्थाको स्थिति देखिन आउँदैन । त्यस कारण प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा :  आदेश न्या.हेरम्बराज १. नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएका प्रस्तुत रिट निवेदन यस प्रकारको रहेछ : २. कर कार्यालय धरानले आ.ब.०३४।०३५ को दिपावलीको आयकर निर्धारण आदेशमा कुनै आधार बुँदा नदेखाई हचुवा तवरले एकमुष्ठ खुद आय रु.२३०२१०।–कायम गरी कर रु.९०,५०७।१० र जरिवाना रु.३२।९० समेत लगाई मिति ०३६।२।२४ मा आयकर निर्धारण आदेश गर्नु भएकोमा चित्त नबुझी आयकर ऐनको दफा ५७ बमोजिम सो आयकर निर्धारण आदेश उपर पुनरावेदन गरेकोमा राजश्व न्यायाधीकरण धरानले मिति ०३७।१२।२० मा न्यायिक मनको प्रयोग नगरी हामीले उठाएका कानूनी प्रश्नको कानून अनुकूल खण्डन नगरी स.अ.बाट प्रतिपादित सिद्धान्त समेतको बर्खिलाप गरी कर कार्यालय धरानको आयकर निर्धारण आदेश सदर हुन्छ भनी मिति ०३७।१२।२० मा राजश्व न्यायाधीकरण धरानले गरेको निर्णय कानूनसंगत नभई मलाई करको दायित्व बढ्न गएको प्रष्ट छ । ३. आय कसरी कायम गरिएको हो सो कुरा प्रष्ट खुलाई करदातालाई दिनु पर्छ भनी नेपाल आयकर नियम, ०२० को नियम १२ (२) ले किटानी बाध्यात्मक व्यवस्था गरेको र ने.का.प. २०२५ पृष्ठ ४४ नि.नं.११५० मा प्रकाशित सिद्वान्त र रि.नं.७२८ निर्णय मिति ०३६।११।९ मा प्रतिपादित सिद्वान्त प्रतिकूल हुँदा उक्त आयकर निर्धारण आदेश अनुकूल नभएको प्रष्ट छ । ४. न्यायोचित अनुमान गर्ने कर अधिकृतले कोरा कल्पीत अनुमान गर्न हुँदैन, आय निर्धारण आदेशमा एकमुष्ठ खुद आय रु.२३०,३१० टाईप आदेशको खाली ठाउँमा भएको देखिन्छ र आधारको हकमा फर्मको चलन चल्ती गत बिगत सालहरुमा कायम भएको आयका कारोबार व्यापारिक स्थिति प्राप्त भएसम्मको तथ्याङ्क एवं सूचना अनुसार भनी हचुवा किसिमले आयकर निर्धारण आदेश देखिएको प्रष्ट छ । तथ्यांक अंकलाई समेत नमानी बढी कारोबारको अंक कायम गरी बढी खुद आय कायम गर्नु भएको हुँदा लेखाई र कार्वाहीमा विरोधाभाष देखिएको प्रष्ट छ । ५. प्रस्तुत बर्षमा प्रज्ञापनपत्रको तथ्यांक आधार समेतबाट रु.२७,५१,३४०।५० को आयात व्यापार भएको क.नि.को प्रतिवेदन र क.अ.को पर्चामा समेत सो कुरा स्वीकार गरेको देखिए तापनि आफ्नो व्यक्तिगत धारणाले सो भन्दा बढी पैठारी अंक रु.२९,६०,०००।–लोकल खरीद अनुमानित रु.११,००,०००।–अंक उल्लेख गरी हचुवा तवरले जम्मा रु.१०,००,०००।–कुल जम्मा रु.५०,६०,०००।–को रु.अनुमानित अंक मध्ये रु.३९,६०,०००।–बाट बिक्री कर कायम गरी अनुमान गरेको भनी हचुवा तवरले कायम गरिएकोले क.नि.को तथ्यपूर्ण प्रतिवेदनलाई आधार बनाई प्रमाणमा लिनु नपर्नेलाई लिई उक्त खुद आयको अंक कायम गर