निर्णय नं. ११०२४ - मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०२४ - मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/१३ २७७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।८।१३ ०७४-CI-१२८४ मुद्दा:- मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ पुनरावेदक / वादी : ईश्वरीप्रसादकी बुहारी, शेखरलाल पलिखेलकी श्रीमती, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.७ बस्ने शारदामैया जोशी पलिखेलको वारेस भई आफ्नो हकमा समेत जुजुबहादुरको नाति, ईश्वरीप्रसाद पलिखेलको छोरा, ऐ.ऐ. बस्ने शेखरलाल पलिखेल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जुजुबहादुरको नाति, ईश्वरीप्रसादको छोरा, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.७ देकोचा वन्ति बस्ने केशवलाल पलिखेलसमेत अंशमा दुवै वादी प्रतिवादीको बराबर हक हुने तर ऋण चुक्ता गर्ने दायित्व वादीको मात्र हुने भन्नु न्यायसङ्गत नहुने हुँदा बैंकको ऋण चुक्ता गर्न रकम वादीले मात्र बुझाएको अवस्थामा प्रतिवादीको पनि उक्त ऋण तिर्ने वादीसरह बराबर दायित्व हुने भएकोले सगोलको सम्पत्ति बन्डा लाग्ने तर सगोलको ऋण बन्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री पूर्णप्रसाद राजवंशी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क ६, नि.नं.९४१७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री लिप्तबहादुर थापा क्षेत्री भक्तपुर जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा उच्च अदालत पाटन फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनउपर मुद्दा दोहोर्याउने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड पिता तथा ससुरा ईश्वरीप्रसाद र आमा तथा सासू केशरीमैया पलिखेलको तर्फबाट छोराहरूमध्ये वादी शेखरलाल पलिखेल र प्रतिवादी केशवलाल पलिखेलको जायजन्म भएकोमा प्रतिवादी केशवलाल र भिमेश्वरी पलिखेल घरमुलीको हैसियत ग्रहण गरी केशवलाल पलिखेल बैंकिङ तथा वित्तीय क्षेत्रमा सेवा गर्दै आएको र म वादी शेखरलाल पलिखेलले व्यापार व्यवसाय गरी कमाएको रकमसमेत दाइलाई नै दिँदै आएको र बैंकबाट लिएको ऋण रू.२०,००,०००।- को हिसाब नदेखाई एकलौटी प्रचलन गर्न थालेको तथा हरेक दाउपेच गरी सम्पत्ति हत्याउने उद्देश्य रची म शेखरलाल पलिखेलसमेतलाई अंश हक मार्ने प्रपञ्च रचेकोले मसमेत वादी र प्रतिवादीहरूसमेत प्रतिवादी भई २०७० सालमा यसै अदालतमा अंश चलन मुद्दा दायर भई मिति २०७१।१।७ मा मिलापत्र भएको अवस्था छ । उक्त मुद्दा मिलापत्रको क्रममा म शेखललाल पलिखेलले व्यापार व्यवसाय गरी प्राप्त भएको रकमसमेत लगाई विपक्षीमध्ये भाउजू, जेठानी दिदी भिमेश्वरी पलिखेलको नाममा राजीनामाबाट आर्जन गरेको कि.नं.३०० र ३०१ को जग्गा र सोमा बनेको घरसमेत मिति २०७१।१।७ मा मिलापत्र हुँदा भिमेश्वरी पलिखेलको हक हिस्सामध्येबाट आधा हक हिस्सा म फिरादीमध्ये शारदामैया जोशी पलिखेलको कायम हुने र उक्त घरजग्गा नेपाल बैंक लिमिटेड भक्तपुर, कमलविनायकबाट दृष्टि बन्धकमार्फत रोक्का भएकोले सो दृष्टि बन्धकी ऋणको हकमा अंश मुद्दाको प्रतिवादीहरूका परिवारका सदस्यहरूको आम्दानीको स्रोतलाई ध्यानमा राख्दै शेखरलाल पलिखेलले नेतृ