निर्णय नं. ११०२५ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०२५ - सवारी ज्यान भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/११/१८ ८९५९ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।११।१८ ०७७-CF-०००१ मुद्दाः- सवारी ज्यान पुनरावेदक / वादी : राजकुमार कुमालको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : लमजुङ जिल्ला, परेवाडाँडा गा.वि.स. वडा नं.६ घर भई हाल नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नं. ८ राइसिङ बस्ने दिपक तामाङ कहिलेकाहीँ दुईपाङ्ग्रे सवारी साधन अति आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारणले भन्दा पनि अन्य कुनै कारणले दुर्घटना हुन गएमा त्यस्तो दुर्घटनाको अवस्था र सवारी चलाउनुपर्ने बाध्यात्मक सन्दर्भसमेतका आधारमा न्यायकर्ताले न्यायिक विवेकको प्रयोग गरी उचित न्याय प्रदान गर्नुपर्ने । (प्रकरण नं. १०) सवारी चालक अनुमतिपत्र नलिएको व्यक्तिले सवारी साधन चलाएको तर कुनै दुर्घटना नभएको अवस्थामा सवारी तथा यातायात ऐन, २०४९ को दफा ४५ को कसुर हुने र उक्त कसुरबापत दफा १६०(२) को खण्ड (ख) बमोजिम जरिवाना हुने अवस्था देखिने । त्यसरी सवारी साधन चलाई दुर्घटना नभएको अवस्थामा स्वतः लापरबाही भएको भन्ने अर्थ गर्न नसकिने । सवारी साधन चलाउनुपर्ने अति आवश्यक परेको र बाध्यात्मक अवस्थामा सतर्कता अपनाई कुनै गल्ती नगरी होसियारीपूर्वक दुईपाङ्ग्रे सवारी चलाएको अवस्थामा परिस्थितिवश वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न नमिल्ने । वस्तुतः दुईपाङ्ग्रे सवारीको हकमा उल्लिखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादको रूपमा दुर्घटनाको समग्र परिस्थितिको मूल्याङ्कन गरी कानूनी व्यवस्थाको प्रयोग गरिनु न्यायोचित हुने । (प्रकरण नं. ११) दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल चलाउनै पर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारण नभई अन्य कारणले दुर्घटना भई मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवेकको प्रयोग गरी सजाय गरिनुपर्ने । सवारी चालक अनुमतिपत्र नरहेको भन्ने तथ्यलाई स्वतः लापरबाहीपूर्वक सवारी चलाएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रत्यर्थी / प्रतिवादी : वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ताद्वय श्री अमिता गौतम र श्री सुधा धिताल अबलम्बित नजिर : ने.का.प २०७०, अङ्क ११, नि. नं. ९०७३ ने.का.प. २०७५, अङ्क ३, नि.नं. ९९६५ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्ने: मा. न्या. श्री किरणप्रसाद शिवाकोटी नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री बाबुराम रेग्मी मा. न्या. श्री थीरबहादुर कार्की पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०७१/७/२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई संयुक्त इजलासबाट मिति २०७७।३।२२ मा बृहत् पूर्ण इजलासमा पेस गर्ने प्रयोजनका लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २२(२)(च) बमोजिम प्रधान न्यायाधीशसमक्ष पेस गर्न