निर्णय नं. ११०२६ - आयकर (२०६७/०६८)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०२६ - आयकर (२०६७/०६८) भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/११/१६ २२४९ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधानन्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७८।११।१६ ०७७-RB-००६२ मुद्दाः आयकर (२०६७/०६८) पुनरावेदक : ठुला करदाता कार्यालय हरिहरभवन, ललितपुरका तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारी विरूद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १ दरबारमार्गस्थित कुमारी बैंक लिमिटेड (स्थायी लेखा नं. ५००००९०९९ को तर्फबाट ऐ. का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पोसाक खर्चबापत प्राप्त रकमलाई पारिश्रमिक आयमा गणना गरी अग्रिम करकट्टी गर्दा कर्मचारीलाई एकमुष्ट कर नलगाई प्रत्येक कर्मचारीले पाएको पोसाकबापतको हुने रकमसमेत समावेश गरी व्यक्तिगत आय यकिन गरी ऐनबमोजिम पाउने छुटसमेत दिई करको गणना गर्नुपर्ने । (प्रकारण नं. ४) पुनरावेदक तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ कर निर्धारण गर्ने अड्डा : ठुला करदाता कार्यालय, ललितपुर सुरू निर्णय गर्ने अधिकारी : प्रमुख कर प्रशासक श्री गोपालप्रसाद घिमिरे प्रशासकीय पुनरावलोकन गर्ने निकाय : आन्तरिक राजस्व विभाग विभागका महानिर्देशक श्री बिष्णुप्रसाद नेपाल पुनरावेदन तहमा फैसला गर्ने : माननीय अध्यक्ष श्री किशोर सिलवाल राजस्व सदस्य श्री जीवनकुमार भट्टराई लेखा सदस्य श्री डम्बरबहादुर कार्की राजस्व न्यायाधिकरण काठमाडौं आदेश न्या. हरिप्रसाद फुयाल : यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०७६।०३।०५ को फैसलाउपर ठुला करदाताको तर्फबाट परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (घ) बमोजिम अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । तथ्य खण्ड ठुला करदाता कार्यालयमा दर्ता भएको आय विवरण प्रत्यर्थी कुमारी बैंक लिमिटेडले आ.व. २०६७/०६८ को आय विवरण आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्ग आय रू. ३३,३८,८४,४६४/०० देखाई मिति २०६८।९।२७ मा विवरण पेस गरेको । ठुला करदाता कार्यालयबाट जारी भएको म्याद सूचना प्रस्तुत करदाताबाट आ.व. २०६७/०६८ को आय विवरणको कर परीक्षणको सिलसिलामा करदाताबाट आय विवरण साथ प्राप्त अन्य कागजातको अध्ययन, छानबिन तथा हिसाब किताबको परीक्षण गर्दा आयकर ऐन, २०५८ बमोजिम करकट्टी गर्न नपाउने खर्चहरू दाबी भएको, व्यवसायको मुनाफा र लाभतर्फ गणना हुनुपर्ने रकम समावेश भएको नदेखिएको तथा भुक्तानीमा अग्रिम करकट्टी गर्नुपर्नेमा गरेको नपाइएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित करयोग्य आय कायम गर्नुपर्ने भएको हुँदा सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त भएको मितिले १५(पन्ध्र) दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा ९०(८) र १०१(६) बमोजिम ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरबाट करदाताको नाममा मिति २०७२।०६।०१ मा सूचना जारी भएको देखिन्छ । कुमारी बैंक लिमिटेडले पेस गरेको लिखित जवाफ : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरबाट मिति २०७२।०६।०१ मा जारी भएको सूचना करदाताले मिति २०७२।०६।१३ मा बुझी लिई सूचनाको लिखित जवाफ मिति २०७२।०६।२७ मा पेस गरेको दे