निर्णय नं. ११०२९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०२९ - अंश भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/१२/१३ १३१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति: २०७८।१२।१३ ०७०-CI-०७२५ मुद्दाः- अंश पुनरावेदक / वादी : स्व.कैदु रानाको नाति स्व.लवरा रानाको छोरा जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.६ बस्ने विदु राना थारू विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्व.कैदु रानाको नाति स्व. लवरा रानाको छोरा जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं. ६ बस्ने भुल्ली राना थारूसमेत बाजेका हाँगाका व्यक्तिकै पालामा आफ्ना भतिजा तथा नातिहरूसमेतलाई बकसपत्रको माध्यमबाट जग्गा जमिनको स्वामित्व हस्तान्तरण भई आ-आफ्नो भाग हिस्सामा परेको जग्गा जमिन आ-आफ्नो नाममा जग्गाधनी पुर्जालगायतका स्रेस्ता खडा गरी भोग चलन गरी आएको अवस्थामा बाजेकै हाँगामा बन्डा भएको छैन भन्न नसकिने । (प्रकारण नं. ११) घरमुलीबाट बकसपत्रका माध्यमबाट पैतृक सम्पत्ति प्राप्त गरी आ-आफ्नो भोग तथा व्यवहार गरी आएको र उक्त पुस्तामा अंशबन्डाको सम्बन्धमा कुनै विवाद खडा नभएको तथा हाल सो पुस्ताका व्यक्तिहरूको मृत्युसमेत भइसकेको अवस्थामा आ-आफ्नो जीवनकालमा आ-आफ्नो घर व्यवहार मिलाएर जीवन व्यतीत गरेको अघिल्लो पुस्ताको अंशबन्डा नै नभएको भन्ने कथन तर्कसङ्गत र न्यायोचित नदेखिने । (प्रकारण नं. १२) पुनरावेदक वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजिर : ने.का.प २०६२ अङ्क नि.नं. ७५२४ ने.का.प २०४५ भाग ३० नि.नं. ३६०२ ने.का.प २०५० (ग) अङ्क १० नि.नं. ४८०८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री विष्णु सुवेदी कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री रेवन्तबहादुर कुँवर मा. न्या. श्री भानुभक्त शर्मा न्यौपाने पुनरावेदन अदालत दिपायल डोटी फैसला न्या. प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ: तथ्य खण्ड मूल पुर्खा स्व. बाजेको ३ भाइ छोराहरूमा जेठा लवरा राना, माइला सवरा राना, र कान्छा भज्जन राना भएका, जेठा लवरा रानाका ५ भाइ छोराहरूमा जेठा भुल्ली राना, माइला वलदेव राना, साहिला छिदु राना, काइला म फिरादी विदु राना र कान्छा प्र. राजाराम राना भएका, माइला बुबा सवरा रानाका ३ भाइ छोराहरूमा जेठो प्र. भाडु राना, माइला प्र.शिवलाल राना, कान्छा प्र. विख्लु राना थारू भएका र कान्छा बुबा भज्जन रानाको २ भाइ छोराहरूमा जेठो प्र. वन्धु राना र कान्छा प्र. भिखारी राना भएको हामीबाहेक अन्य अंशियार नभएको र हामी अंशियारहरूबिच अंश बन्डा भएको छैन । यसरी माथि उल्लिखित हाम्रो पुस्तेवारी भएकोमा हामी अंशियारहरूबिच अंश बन्डा नभएको भए तापनि मिति २०५६ साल फागुन महिनामा घरसारमा छुट्टी अचल सम्पत्ति घरसारमा बन्डा पारित गराई अंश भागको जग्गा आ आफ्नु नाममा गरौंला भनी घरायसी सल्लाहसमेत भएको हो । सोबमोजिम पटकपटक लिखत पारित गरौं भनी भन्दा आज भोलि भोलि भनी आएका हुँदा मिति २०६७।६।३ गते सबै प्र.हरूलाई एकत्रित भएको बेला अब हाम्रो छोरा छोरी पनि ठुला भए घर व्यवहार चलाउन छोरा छोरीलाई शिक्षादीक्षा दिन कठिन हुन थाल्यो, अब हामी सबै अंशियारले आ-आफ्नु हिस्साको जग्गा अलगअलग आ-आफ्नु