निर्णय नं. ११०३२ - मूल्य अभिवृद्धि कर (०६६/०६७)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०३२ - मूल्य अभिवृद्धि कर (०६६/०६७) भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/१०/१५ १३११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति स् २०७९।१०।१५ ०७४(च्द्य(०२२१ मुद्दाः( मूल्य अभिवृद्धि कर ९०६६र०६७० पुनरावेदक स् आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीका तर्फबाट ऐ। कार्यालयका प्रमुख कर अधिकृत तुलसीराम सेढाई विरूद्ध प्रत्यर्थी स् जिल्ला सुनसरी धरान नगरपालिका वडा नं। २ स्थित पिंकी इन्टरनेसनल धरानका प्रो।ऐ।ऐ। वडा नं। ५ बस्ने भरतकुमार अग्रवाल कानूनले व्यवस्था गरेका अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रक्रियागत कार्यविधि कर अधिकृत वा कर्मचारीले पालन गरे पनि हुने नगरे पनि हुने स्वेच्छाचारी प्रकृतिका हुँदैनन् । प्रक्रिया पूरा नगरेका जुनसुकै काम कारबाही कानूनको नजरमा बदरयोग्य हुने । कानूनले गर्नुपर्ने भनी निर्दिष्ट गरेको कुरा पालना नगरी अनुगमनका नाउँमा गरिएका काम कारबाहीले व्यक्तिको संविधान र कानून प्रदत्त हकको उल्लङ्घन गरेको प्रस्ट देखिने । ९प्रकरण नं। ५० पुनरावेदकका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा प्रत्यर्थीका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री सुभाष पाठक, श्री प्रविण सुवेदी र श्री रितेश पौडेल अवलम्बित नजिर स् सम्बद्ध कानून स् मूल्य अभिवृद्धि कर ऐन, २०५२ सुरू तहमा निर्णय गर्नेः महानिर्देशक शान्तबहादुर श्रेष्ठ आन्तरिक राजस्व विभाग पुनरावेदन तहमा फैसला गर्ने स् माननीय अध्यक्ष श्री गिरिराज पौड्याल लेखा सदस्य श्री गणेशकुमार कार्की राजस्व न्यायाधिकरण, विराटनगर फैसला न्या। सुष्मालता माथेमा स् राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८९घ० बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः( तथ्यगत बेहोरा मिति २०६६।८।११ को आन्तरिक राजस्व कार्यालय, धरानको निरीक्षण प्रतिवेदनसमेत मिसिल संलग्न रहेको । पिङ्की इन्टरनेसनल प्रा।लि। लाई आ।व। ०६६।६७ को कारोबारमा कर रू।१७,१३,०००।( तिर्नु नपर्ने अथवा परिवर्तन गर्नुपर्ने कुनै ठोस प्रमाण भए १५ दिनभित्र पेस गर्नु भन्नेसमेत बेहोराको आन्तरिक राजस्व कार्यालय धरानको मिति २०६६।८।१२ को प्रारम्भिक कर निर्धारण आदेश र सोउपर दिएको मिति ०६६।८।२९ को जवाफ मिसिल संलग्न रहेको । पिङ्की इन्टरनेसनलको आ।व। ०६६र६७ मा भएको कारोबारलाई दृष्टिगत गरी कर रू।१७,१३,०००।( कायम हुने ठहर्छ भन्नेसमेत बेहोराको आन्तरिक राजस्व कार्यालय, धरानको मिति २०६६।८।३० को निर्णय पर्चा । उपर्युक्त हिसाबबमोजिम कायम भएको करसमेत रू।१७,३०,८४३।( बैंक दाखिला गर्नु भन्नेसमेत बेहोराको आन्तरिक राजस्व कार्यालय, धरानको मिति ०६६।८।३० को अन्तिम कर निर्धारण आदेश । आन्तरिक राजस्व कार्यालय, धरानले गरेको निर्णय मिलेकै देखिँदा करदाताको जिकिर पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको आन्तरिक राजस्व विभागको मिति ०६६।११।१८ को प्रशासकीय पुनरावलोकनको निर्णय । प्रत्यर्थी कार्यालयले गरेको निर्णय त्रूटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको राजस्व न्यायाधिकरण, विराटनगरमा परेको मिति ०६७।१।६ को पुनरावेदकको पुनरावेदन । यसमा आन्तरिक राजस्व कार्यालय धरान सुनसरीको मिति २०६६।८।३० को निर्णय विचारणीय देखिँदा छलफलका लागि अ।बं। २०२ नं। बमोजिम प्रत्यर्थी कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको राजस्व न्यायाधिकरण, विराटनगरको म