निर्णय नं. ११०३३ - बाटो कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०३३ - बाटो कायम भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०७/२० २५२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।७।२० ०७३-CI-०१३७ मुद्दाः बाटो कायम पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३४ शान्तिनगर, ओमकारेश्वर मार्ग बस्ने वर्ष ५२ की प्रमिला खरेल, ऐ. ऐ. बस्ने वर्ष ४० की सुशीला अधिकारी, ऐ. ऐ. बस्ने वर्ष ४२ का युद्ध शम्शेर मल्ल विरूद्ध प्रत्यर्थी / वादी : ऐ. ऐ. जागृती मार्ग बस्ने अमरबहादुर कटुवाल कुनै जग्गा आफू वा आफ्ना परिवारका व्यक्ति वा निश्चित व्यक्तिहरूको समूहले मात्र प्रयोग गर्ने भनी सो अभिप्राय प्रस्ट हुने गरी लिखित रूपमा उद्‌घोष गरिएको अवस्थामा बाहेक अन्य अवस्थामा अर्थात् तेस्रो व्यक्तिले समेत प्रयोग गरेको अवस्थामा बाटोको रूपमा प्रयोग हुने गरेको जग्गालाई सार्वजनिक सम्पत्ति नै मान्नुपर्ने । निजी तवरबाट वा निश्चित व्यक्ति वा व्यक्तिहरूको समूहले मात्र प्रयोग गर्न पाउने भनी किटानी रूपमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कसैको नाममा दर्ता रहेको कुनै जग्गा बाटोको रूपमा प्रयोग गर्ने गरी छुट्याएपछि त्यसलाई सार्वजनिक प्रयोजनका लागि समर्पण गरेको मान्नुपर्ने । (प्रकारण नं. ५) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री नारायणप्रसाद श्रेष्ठ, श्री ईन्द्रबहादुर अधिकारी र श्री योगराज वराल प्रत्यर्थी वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मलपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सिताप्रसाद पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई माननीय न्यायाधीश श्री चण्डिराज ढकाल पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा साबिक का.जि. भिमसेनगोला १क. कि.नं. ४३ बदर भई हाल कायम कि.नं. २८७ क्षे.फ. ०-७-३-० नयाँ नापीमा का.म.न.पा. १० सिट नं. १०२.११४७.०९ कि.नं. १० को क्षेत्रफल ०-८-०-० जग्गा मिति २०४४।०९।१६ मा खरिद गरी लिएको, २०४७।०६।३० मा नक्सा पास गराई मिति २०४९।०८।०९ म्याद थप गरी घर बनाएको, जितलाल महर्जनले काठमाडौं उपत्यका नगर विकास योजनामा २० फुटे बाटो छाड्न मन्जुर गरी मिति २०४७।०४।३२ मा निवेदन दिएको, जितलालले बाटोको लागि स्वीकृति दिएको भए तापनि साबिकदेखि नै १० फिटे बाटो कायम भएको, २०६४ सालमा ढुङ्गा छापी चलन गरेको उक्त बाटोमा साबिक कि.नं. ४४ र कि.नं. ४५ को जग्गामध्येबाट विपक्षीहरूको कि.नं. २५८, २५९ र २६० को जग्गा कायम रहेको छ । मैले घर निर्माण गर्दा खुलेको सार्वजनिक बाटो निजका दाता परदाताबाट खरिद गरिलिनुभएछ । सो आधारमा विपक्षीहरूको जग्गा हकभोगभन्दा स्रेस्तापुर्जामा बढी जग्गा रहेकोले सो जग्गा स्रेस्ता पुर्जाबाट कट्टा गरी बाटो कायम गरी पाउन मैले मालपोत कार्यालयमा निवेदन दिएकोमा बाटो कायम गर्ने सर्तनामाको पालना गराउने कार्य यस कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भनी मिति २०७०।१२।३० मा मालपोत कार्यालयबाट निर्णय गरियो । यसरी भएको निर्णय बदर गरी मिति २०५०।०२।२९ को सर्तनामाअनुसारको बाटो नेपाल सरकारका नाउँमा कायम गरिपाउँ भन्ने बेहोराको फिरादपत्र । फिरादीको हाल कायम