निर्णय नं. ११०३४ - दूषित अंश भरपाई लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०३४ - दूषित अंश भरपाई लिखत बदर भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०६/१३ ४२५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।६।१३ ०७६-CI-०५९३ मुद्दाः- दूषित अंश भरपाई लिखत बदर पुनरावेदक/प्रतिवादी : बुद्धबहादुर घलानको छोरा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका, वडा नं. ३ बसामाडी बस्ने कृष्णबहादुर घलान विरूद्ध विपक्षी/वादी : बुद्धबहादुर घलानको छोरा मकवानपुर जिल्ला, इन्द्रसरोवर गाउँपालिका, वडा नं. ५ बस्ने श्यामबहादुर घलानसमेत सगोल परिवारबाट कुनै अंशियार अंश छोडपत्र गरी वा अंश भरपाई गरी अलग हुँदा सगोलका अन्य अंशियारसमेत उपस्थित भई लिखतमा साक्षी बसेको वा मन्जुरीको छुट्टै कागज गरिदिएको भए मात्र त्यस्तो लिखतले कानूनी मान्यता पाउने । अंशियारहरू जहाँसुकै रहेबसेको भए पनि ती अंशियारहरू विधिवत् रूपमा छुट्टिभिन्न भएका हुन् वा होइनन् र तिनीहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो वा होइन, अंशियारहरूको नाउँमा भएको सम्पत्ति नरम करम मिलेको छ वा छैन, अनुपातिक हिसाबले बराबर देखिन्छ वा देखिँदैन भन्ने तथ्यगत विश्लेषणबाट निष्कर्ष निकाल्नुपर्ने । अलग/अलग घर धुरी गरी बसेको आधारमा मात्र छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ७) सगोलको सम्पत्ति घटी बढी पार्ने गरी भएको लिखतमा सम्बन्धित अंशियारहरूको मन्जुरी भएमा मात्र त्यस्तो लिखतले कानूनी मान्यता पाउने । (प्रकरण नं. ८) कुनै एक अंशियारमात्र अलग हुन खोजेको हो भने अन्य अंशियारको सहमति मन्जुरी अनिवार्य हुने । (प्रकरण नं. ९) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राजाराम घिमिरे र श्री अमर थापा प्रत्यर्थी वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने: मा. न्या. श्री खडानन्द तिवारी मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री महेन्द्रनाथ उपाध्याय मा. न्या श्री बालमुकुन्द दवाडी उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अनुसार यसै अदालतको अधिकारक्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मूलपुरूष स्व.पिता बुद्धबहादुर घलानको दुई पत्नीमध्ये जेठीको पहिल्यै मृत्यु भइसकेको, निजको २ छोराहरू जेठो विपक्षी कृष्णबहादुर घलान र कान्छो म फिरादी रामबहादुर घलान हौं । त्यस्तै कान्छी श्रीमती माइलीमाया घलान भई त्यतातर्फका जेठा छोरा म श्यामबहादुर घलान, माइलो मंगलबहादुर घलान र कान्छा सानुकान्छा घलान हौं । छोरीहरूको विवाहदान भइसकेको छ । हामी सम्पूर्ण परिवारका सदस्यहरू एकासगोलमै छौं । हामीबिच अंशबन्डा भएको छैन । एकासगोल मै बस्ने क्रममा घर सल्लाहपश्चात् जिल्ला मकवानपुर तत्कालीन बसामाडी गा.वि.स. वडा नं. ३ मा २०३५/३६ सालतिर विपक्षी दाजु कृष्णबहादुर घलानको नाममा विभिन्न जग्गाहरू खरिद गरी राखी सोही ठाउँमा घरसमेत बनाई कोही सदस्य बसामाडी कोही सदस्य फाखेलमै बस्ने गरेकोमा विपक्षी दाजु कृष्णबहादुर घलान परिवारिक घर सल्लाह भई २०५० सालतिर बसामाडीमै बसोबास गर्न थाल्नुभयो । यसै क्रममा पिता बित्नु भयो र आमा वृद्ध हुनुभयो । पारिवारिक संरचना ठुलो भएबाट छुट्टाछुट्टै बसौं अंशबन्डा गरौं भनी मिति २०७३।११।१५ गते भेला हुँदा विपक्षी कृष्णबहादुर घला