निर्णय नं. ११०३५ - बाल यौन दुराचार (पेडोफाएल)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०३५ - बाल यौन दुराचार (पेडोफाएल) भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०८/२८ २७३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।८।२८ ०७५-CR-०४१२ मुद्दाः- बाल यौन दुराचार (पेडोफाएल) पुनरावेदक/वादी : परिवर्तित नाम बुढानिलकण्ठ ४ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं.५ चपली बस्ने कृष्णबहादुर भण्डारी प्रतिवादीले पीडितको योनिमा औंला छिराउने र मुखले चलाउने कार्य गरेकोसमेत देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा भएको व्यवस्थाबमोजिम लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा जबरजस्ती करणी गरेको मानिने र प्रतिवादीले पीडितको योनिमा औंला छिराउने, मुखले चलाउनेसमेतको कार्य गरेको देखिएकोले निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरणको (घ) मा परिभाषित जबरजस्ती करणीको कसुर गरेको भन्ने पुष्टि भएको देखिने । (प्रकरण नं. ४) पेडोफाएल भन्नाले बालबालिकाहरू प्रति मात्र लक्षित गरी बालयौनसम्बन्धी व्यवहारमा सक्रिय हुने मानसिकतालाई बुझाउँछ । पेडोफाएलबाट ग्रस्त व्यक्तिले आफ्नो बालबालिका लक्षित यौनजन्य मनसायबमोजिम कुनै क्रिया नगर्दाको अवस्थासम्म त्यसलाई कसुरको संज्ञा दिन मिल्ने देखिँदैन । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकालाई यौनजन्य क्रियाकलापमा प्रयोग गर्नका निम्ति उनीहरूलाई सुरूमा माया गरी उपहार दिई नजिक हुने प्रयास गरेको पाइने । पेडोफाएल ग्रसित व्यक्तिले बालबालिकाहरूलाई डर, त्रास, धाक, धम्की जस्ता व्यवहार गर्ने गरेको नपाइने । कुनै व्यक्ति पेडोफाएलको परिधिभित्र पर्ने नपर्ने विषय निजको अरू बालबालिका लक्षित क्रियाकलापहरूबाट समेत देखिनुपर्ने र प्रतिवादी पेडोफाएल हो होइन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरी प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बिना दाहाल प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री अमिता गौतम अवलम्बित नजिर : ने.का.प. २०७८ अङ्क ११, नि. नं. १०७७२ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्ने: मा. न्या. श्री शिशिरराज ढकाल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री रेवन्तबहादुर कुँवर मा. न्या. ऋषिप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मिति २०७३।०२।११ मा दिउँसो अं. १३:०० बजेको समयमा काम विशेषले म आवास कोठाबाट बाहिर भएको र मेरो आवास कोठामा छोरी परिवर्तित नाम बुढानिलकण्ठ ३ मात्र भएको अवस्थामा कृष्णबहादुर भण्डारीले मेरो छोरी आफूखुसी खेलिरहेको र सोही घरको बाथरूममा पिसाब फेर्न गएको मौका पारी छोरीसँगै बाथरूममा जबरजस्ती प्रवेश गरी चिच्याई हो हल्ला गरेमा ज्यान मार्नेसमेतको धाक धम्की देखाई बोल्न कराउन नदिई मुख थुनी बाथरूमको ढोकामा चुकुल भित्रैबाट बन्द गरी मेरी छोरीले शरीरमा लगाएको लुगाहरू फुकाली नङ्ग्याई छोरीको संवेदनशील गुप्ताङ्ग यौनाङ्गमा हातले स्पर्श गरी छामी मुसारी मुख लगाई टोकी बाल यौन दुराचार गरी तत्काल बाथरूमको चुकुल खोली भागी फरार भएको हुँदा निज कृष्णबहादुर भण्डा