निर्णय नं. ११०३६ - सुनसमेत चोरी पैठारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०३६ - सुनसमेत चोरी पैठारी भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०३/३० १९११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।३।३० ०७५-CR-२६८१ मुद्दा : सुनसमेत चोरी पैठारी पुनरावेदक / वादी : स.प्र.ना.उ. भरत कार्कीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका वडा नं. ७ बस्ने शंकर लाल दारूकाको छोरा अमित दारूकासमेत ऐनमा जनही जरिवाना हुने भन्ने व्यवस्था नभएको अवस्थामा ठहरेको बिगोअनुसार धेरैजना प्रतिवादीहरू भएकोमा सो बिगो दामासाही भई सो दामासाहीले हुने हदसम्मको रकम बराबर जनही जरिवाना गर्नुपर्ने विधायिकी मनसाय हुने । भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोबमोजिम जनही भन्ने शब्दावली छैन । बिगोबमोजिम जरिवाना हुने भन्ने रहेको छ । कसुर ठहरेको दशीको बिगोअनुसार जरिवाना हुने भन्नुको अर्थ सो बिगोको हदसम्म मात्र कसुरदार वा कसुरदारहरूबाट राज्यले लिने वा लिन पाउने भन्ने हो । धेरैजना प्रतिवादीहरू रहेकोमा बिगोबमोजिम सबैबाट लिने भन्ने होइन । त्यसो गर्दा तीनजना कसुरदार ठरहेको देखिएको प्रस्तुत मुद्दाको वारदातको प्रकृति र अवस्थामा तीनजनाबाटै सोबमोजिम रकम जरिवानाका रूपमा असुल गर्दा बिगोभन्दा तीन गुणा बढी रकम जरिवाना असुल हुने अवस्था आउने भई त्यसबाट राज्य पक्षलाई अन्यायिक समृद्धि हुने । (प्रकारण नं. ६) पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशिल देवकोटा प्रत्यर्थी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून: भन्सार ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री महम्मद जुनैद आजाद पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री डिल्लीराज आचार्य मा. न्या. श्री मदन पोखरेल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या. अनिलकुमार सिन्हा: उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५/१०/२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा वादी नेपाल सरकारको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा न.१९ स्थित पूर्वमा इनर्वा गाउँ, पश्चिममा भारतको रक्सौलदेखि वीरगन्जको बजारसम्म आवतजावत गर्ने पक्की सडक, उत्तरमा छपकैया नजिकको वाइपास सडक, दक्षिणमा वीरगन्ज भन्सार कार्यालयको एरिया यति चार किल्लाभित्रमा भारतको रक्सौलबाट नेपाल आउँदै गरेको हुण्डाई कारलाई रोकी गाडी चेकजाँच गर्दा बा.७ च.६३४४ नं. को हुण्डाई कारमा सुनको बिस्कुट चार थान, सुनको गहना ३७२ ग्राम, मेमोरी कार्ड १९ गोडासहित अरविन्द सिहलाई पक्राउ गरेको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का । जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा न.१९ स्थित पूर्वमा इनर्वा गाउँ, पश्चिममा भारतको रक्सौलदेखि वीरगन्जको बजारसम्म आवतजावत गर्ने पक्की सडक, उत्तरमा छपकैया नजिकको वाइपास सडक, दक्षिणमा वीरगन्ज भन्सार कार्यालयको एरिया यति चार किल्लाभित्रमा भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको बा.७ च.६३४४ नं. को हुण्डाई कारमा चेकजाँच गर्दा सो कारमा सुनको विस्कुट चार थान सुनको गहना ३७२ ग्राम मेमोरी कार्ड १९ गोडासहित अरविन्द सिहलाई पक्राउ गरेको गरी आवश्यक कारबाहीको दाखिला गरेको छु भन्ने बेहोराको स.प्र.ना.उ.भरत कार्कीसमेतको प्रतिवेदन । म मिति २०६७।५।१६ गते बिहान काम विशेषले रक्सौलसम्म गएको थिए