निर्णय नं. ११०३८ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०३८ - उत्प्रेषण परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/१०/१२ ११४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।१०।१२ ०७७-WO-०५१३ विषय:– उत्प्रेषण परमादेशसमेत निवेदक : जिल्ला गुल्मी, साबिक इस्मा रजस्थल गा.वि.स., ७ हाल परिवर्तित इस्मा गाउँपालिका वडा नं.५ बस्ने भई ऐ.गाउँपालिकाको स्वास्थ्य संयोजक पदमा कार्यरत रहेकोमा हाल ऐ.इस्मा रजस्थल स्वास्थ्य चौकीको इन्चार्ज भई काम गर्न खटाइएका पदमलाल अधिकारी विरूद्ध विपक्षी : इस्मा गाउँपालिका, गुल्मीसमेत कर्मचारीतन्त्रको विशेषतामध्ये कर्मचारीहरू एउटा कानूनी ढाँचामा बाँधिनु पनि हो । यसमा कर्मचारीहरूमा अनुशासन कायम गर्ने र कर्मचारीहरू राजनीतिलगायत अन्य कुनै पनि क्रियाकलापबाट प्रभावित नभई तटस्थ र निष्पक्ष रही प्रभावकारी तवरले सेवा प्रवाह गर्नुपर्ने र कर्मचारी प्रशासनमा अवाञ्छित हस्तक्षेप नहोस् भन्ने पवित्र उद्देश्य सन्निहित रहेको छ । त्यसैले कर्मचारीहरूको नियुक्ति, काज, सरूवा, बढुवा, पदस्थापनलगायतका अन्य व्यवस्थाहरू सेवासम्बन्धी ऐन र नियमावलीद्वारा निर्दिष्ट गरिएको हुन्छ । यसको अर्को उद्देश्य भनेको कर्मचारी प्रशासन प्रभावकारी र स्थिर होस् भन्ने पनि हो । त्यसैले कर्मचारी प्रशासन सम्बन्धित सेवासम्बन्धी ऐन र नियममा आधारित भई सञ्चालन गर्न अनिवार्य हुने । (प्रकारण नं. ३) स्वास्थ्य संयोजक तोक्ने अधिकार गाउँपालिका अध्यक्षलाई हुने भए पनि त्यस्तो अधिकारको प्रयोग निजको स्वेच्छा वा स्वविवेकमा आधारित नभई सेवासम्बन्धी कानून, संगठन संरचना तथा दरबन्दी तेरिज र संगठनका आधारभूत सिद्धान्तसमेतको अधीनमा रही प्रयोग गर्न अनिवार्य हुने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ओमप्रकाश अर्याल, श्री पुनदेवी महर्जन र चन्द्रप्रसाद भुषाल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रवल शर्मा अवलम्बिन नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ: तथ्य खण्ड म निवेदक २०५६ सालमा नेपाल स्वास्थ्य सेवाअन्तर्गतको अ.हे.व.पदमा नियुक्ति पाई २०७२ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पौदी अमराई स्वास्थ्य चौकी गुल्मीको सि.अ.हे.व.छैठौँ तहमा पदस्थापन गरेको थियो । यसैबिच कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०७६।४।२३ को समायोजन पत्रबमोजिम म इस्मा गाउँपालिकामा समायोजन भएको हुँ । सो गाउँपालिकामा स्वास्थ्यका बिस कर्मचारीमध्ये वरिष्ठ कर्मचारी भएको हैसियतले म इस्मा गाउँपालिकाको स्वास्थ्य संयोजक सि.अ.हे.व. पदमा पदस्थापन भएकोमा सो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आएको छु । आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आएकोमा म अधिकृत छैठौँ तहको कर्मचारीलाई “अर्को निर्णय नभएसम्मका लागि तपाइँलाई इस्मा राजस्थल स्वास्थ्य चौकीको इन्चार्ज भई कामकाज गर्न खटाइएको छ, नियमानुसार खटाइएको कार्यालयमा हाजिर भई कार्य सम्पादन गर्नुहुन र हाजिर भएको जानकारी यस कार्यालयलाई दिनू” भनी विपक्षी गाउँपालिकाको कार्यालयले विवादास्पद प.सं.०७७।०७८ च.नं.६९५ मिति २