निर्णय नं. ११०४० - अपहरण गरी कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०४० - अपहरण गरी कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०३/१४ १९४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।३।१४ मुद्दा: अपहरण गरी कर्तव्य ज्यान ०७६-CR-११८७ पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. १ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. ४ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको नरनारायण सहनीको छोरा मोहनकुमार सहनी विरूद्ध प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार ०७६-CR-११८८ पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ४ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. १ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको अमृत सहनीको छोरा विजुली सहनी विरूद्ध प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार ०७६-CR-११८९ पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ३ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. १ घर भई कारागार कार्यालय रौतहटमा कैदमा रहेको रामप्रताप सहनीको छोरा सुरेश भन्ने श्यामकुमार सहनी विरूद्ध प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार ०७६-CR-११९० पुनरावेदक/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ४ को परिवर्तित ऐ. वरहथवा न.पा. वडा नं. १ घर भई हाल कारागार कार्यालय गौरमा कैदमा रहेको अमृत सहनीको छोरा दिनेश सहनी विरूद्ध प्रत्यर्थी/वादी : जय किशोर सहनीको जाहेरीले नेपाल सरकार ०७६-RC-००९२ साधक/वादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. १ को परिवर्तित ऐ. वरहथवा न.पा.वडा नं. ४ बस्ने जय किशोर सहनीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही हजरिया गा.वि.स. वडा नं. ३ घर भई कारागार कार्यालयमा कैदमा रहेको रामचन्द्र सहनीको छोरा सन्तोष कुमार सहनी आरोपित व्यक्तिले गरेको बयानमा खुलाएका घटनाका श्रृङ्खला तत् मुद्दासँगको सान्निध्यता, बयान बेहोरा पत्यारलायक छन्, छैनन भन्ने वस्तुगत अवस्था (Objective Test) समेतका समग्र अवस्थाको मूल्याङ्कन र विश्लेष्ण गरी आरोपित व्यक्तिले गरेको अनुसन्धान अधिकारी वा अदालतसमक्ष गरेको बयानको सच्चाइ पत्ता लगाएको हुन्छ । आरोपित व्यक्तिले अदालतमा इन्कार रही बयान गरेको वा अदालतमा पनि साबित रहेको भन्ने मात्रको आधारमा अदालत निष्कर्षमा पुग्न नसक्ने । साबिती होस वा इन्कारी बयान होस अन्य तथ्यहरूले समर्थन र सम्पुष्टि आवश्यकीय सर्त रहने । (प्रकारण नं. १०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिकृष्ण उप्रेती तथा विद्वान् अधिवक्ताहरू श्री नारायणबहादुर कटुवाल र श्री राजु उप्रेती प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : स.अ. बुलेटिन वर्ष ६ अङ्क ३, पृ. २३ स.अ. बुलेटिन वर्ष ६ अङ्क ९ पृ. २३ स.अ. बुलेटिन, वर्ष ५ अङ्क ७ पृ. ६ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री मोहन राज भट्टराई सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री राजेश्वर तिवारी मा. न्या. श्री दिनेश प्रसाद यादव उच्च अदालत जनकपुर फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन तथा साधकको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला सर्लाही हजरिया गा.वि.स.वडा नं. ४ स्थित पूर्व, पश्चिम ईन्दु श