निर्णय नं. ११०४२ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०४२ - अंश नामसारी भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७८/१२/२० ९७० सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधान न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मितिः २०७८।१२।२० ०७२-CI-१९४५ मुद्दा : अंश नामसारी पुनरावेदक/वादी : रूपन्देही जिल्ला सौ फर्साटिकर गा.वि.स. वडा नं. १ बस्ने विष्णु भट्टराईसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : रूपन्देही जिल्ला सौ फर्साटिकर गा.वि.स. वडा नं. १ बस्ने श्यामप्रसाद भट्टराईसमेत छुट्टी भिन्न भइसकेका व्यक्तिको स्याहार गरेबापत प्राप्त गरेको जग्गा निजी आर्जनको हुने अवस्थामा सो जग्गामा अन्य अंशियारहरूको अंश हक लाग्ने प्रकृतिको नदेखिने । (प्रकरण नं. ४) जग्गा प्राप्तिको स्रोत नै निजी आर्जनको रहेको अवस्थामा ती जग्गाहरू बिक्री गरी आएको रकमबाट खरिद गरेको रहेछ भने ती जग्गाहरू पनि निजी आर्जनको हुने । (प्रकरण नं. ५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामबन्धु शर्मा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल, श्री विश्वप्रकाश सिग्देल र श्री धिरेन्द्र रावल अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ३, नि.नं. ८७८८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने मा. जि. न्या. श्री चन्द्रमणी ज्ञवाली रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा. न्या. श्री टीकाबहादुर हमाल मा. न्या. श्री अब्दुल अजीज मुसलमान पुनरावेदन अदालत बुटवल फैसला न्या. तिलप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत बुटवलको मिति २०७२।०१।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउने निस्सा प्राप्त भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ:- मुद्दाको संक्षिप्त तथ्य मुल पुरूष पर्शुराम निजको पत्नी कर्मकुमारीका ६ भाइ छोरामा हरिप्रसाद, श्यामप्रसाद, कृष्णप्रसाद, रामप्रसाद, लक्ष्मणप्रसाद र ध्रुव छन् । प्रतिवादीमध्येका श्यामप्रसादका २ श्रीमती जेठी पुष्पा कान्छी र म वादी गंगा हौँ । जेठी पुष्पाको तर्फबाट ४ छोरीहरू कविता, मनु, आशा, र निशा तथा छोरा विपक्षी सन्तोष हुन् । म गंगाको तर्फबाट २ छोरी राजकुमारी र विष्णु तथा २ छोराहरू राजेन्द्र र रन्जित हौं । पर्शुराम, कर्मकुमारीको मृत्यु भइसकेको र श्यामप्रसाद दाजुभाइसँग भिन्न भइसक्नुभएको हो । कविता, मनु र राजकुमारीको विवाह भइसकेको छ । हाल हामी वादी प्रतिवादी गरी जम्मा ९ अंशियार एकासगोलमा छौँ । हामीबिच अंशबन्डा भएको छैन । विपक्षीले हामीहरूलाई हेला गाली गलौज गर्ने र घरबाट निकाल्नेसमेतका व्यवहार गरी आएकोमा हामीले इज्जतअनुसार खान बस्न दिनुस्, नभए अंश दिनुस् भनी माग गर्दा विपक्षीहरूले इन्कार गरी अंश नदिने भनी हाँक जवाफ दिएकोले बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षी जिम्मा भएकोले तायदाती फाँटवारी लिई बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्तिलाई ९ भागमध्ये ३ भाग अंश दिलाई नामसारीसमेत गराई पाउँ भन्नेसमेत बेहोराको गंगादेवी भट्टराईसमेतको फिराद दाबी । वादीमध्येका विष्णुको विवाह भइसकेकोले निज हाम्रो अंशियार नै होइन । अंशबन्डा नभएको भन्नेबाहेक वादीलाई खान लगाउन नदिई हेला गरेको अंश दिन्न भनेको होइन । खान लगाउन दिई शिक्षा स्वास्थ्य औषध उपचार गरी आएको छु । विष्णुको बुटवल नगरपालिका, वडा नं.९ दिपनगर बस्ने त्यस बखत त्रिवेणी डिष्टीलरीमा काम गर्ने भानुभक्त आचार्यको छोरा कृष्णप्रसाद आचार्यसँग विवाह भ