निर्णय नं. ११०४३ - लिलाम लिखत बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०४३ - लिलाम लिखत बदरसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०३/०७ ३२४८ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधान न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ फैसला मिति: २०७९।३।७ ०७४-CI-०६०९ मुद्दाः लिलाम लिखत बदरसमेत पुनरावेदक/वादी: विरेन्द्र केशरी उपाध्यायको छोरा, जनकपुर अञ्चल, धनुषा जिल्ला, बलहा सधारा गा.वि.स., वडा नं.६ घर भई हाल ऐ.ऐ. पतनुका गा.वि.स., वडा नं.१, हाल परिवर्तित जनकनन्दिनी गाउँपालिका, वडा नं. ५ बनरझुला बस्ने प्रकाशप्रसाद उपाध्याय विरूद्ध प्रत्यर्थी/प्रतिवादी: जनकपुर अञ्चल, धनुषा जिल्ला, जनकपुर नगरपालिका, वडा नं. २, भानु चौक स्थित जानकी फाइनान्स कम्पनी लिमिटेड, जनकपुरसमेत जमानीको सिद्धान्तअनुसार मुख्य कारणीले तिर्नुपर्ने ऋण निजबाट असुलउपर नभएमा वा वहन गर्नुपर्ने दायित्व निजले पूरा गर्न नसकेमा जमानतकर्ताले कबुल गरेको रकम निजले लेखिदिएको सुरक्षणबाट असुलउपर गरी दायित्व वहन गराइने हो । यसरी जमानतकर्ताको दायित्व असीमित हुने नभई जमानी बसेको अङ्कसम्ममा सीमित हुने । जमानीकर्ताले आफूले कबुल गरेको रकम तिरे बुझाएमा सोबापत निजले सुरक्षणको रूपमा दिएको धितो फरफारक हुने । (प्रकरण नं. ५) ऋण लिनु र जमानत दिनु फरकफरक कार्यहरू हुन् । ऋण व्यक्ति स्वयंले आफ्नो प्रयोजनको लागि लिने नगद हो जसको प्रत्यक्ष लाभ निज ऋणी स्वयंले मात्र प्राप्त गर्ने हुन्छ । जमानतकर्ता ऋणी र ऋण प्रदान गर्ने निकायले लेनदेन गरेको कारोबारको जिम्मेवार साक्षी मात्र हो जो ऋणीले ऋण नतिरेको अवस्थामा मात्र सो कारोबारमा निजको दायित्व सिर्जना हुन्छ । ऋणको प्रत्यक्ष लाभ जमानतकर्ताले नपाउन सक्छ । जमानतकर्ता ऋण लेनदेन गर्ने कार्यमा सघाउने विश्वासको माध्यमको रूपमा मात्र रहेको हुन्छ । ऋणको सम्बन्धमा प्रथम दायित्व ऋणीको नै हुने । कारणवश त्यस्तो दायित्व ऋणीले पूरा गर्न सकेन र ऋणीको सम्पूर्ण जायजेथा लिलाम बिक्री गर्दा पनि संस्थाको कर्जा असुलउपर भएन भने जमानतकर्ताले गरेको कबोलबमोजिमको ऋणको दायित्व निज जमानीकर्तामा सर्ने । (प्रकरण नं. ६) कोही कसैको सम्पत्तिको लिलाम हुँदै छ भने त्यस्तो कार्यको जानकारी सम्पत्ति धनीलाई दिनु पनि सम्बन्धित संस्थाको कर्तव्य हुने । त्यस्तो सूचना पाउनु जग्गाधनीको प्राकृतिक अधिकार पनि हुने । कुनै ऋणबापतको जमानत लिँदैमा आफ्नो जग्गा के कसरी, के कारणले, के कति रकममा लिलामी भयो भन्ने सम्बन्धमा जग्गा धनीले जानकारी नै नपाउने कार्य आधुनिक न्याय प्रणालीअनुकूल भएको मान्न नमिल्ने । आफ्नो स्वामित्वको जग्गा लिलाम हुन लागेको अवस्थामा जमानत रकम तिर्ने वा सो जग्गालाई आफ्नो स्वामित्वमै राख्नका लागि व्यक्तिले सकेसम्मका वैकल्पिक उपायहरू अपनाउन सक्ने तथ्यलाई नजरअन्दाज गर्न नसकिने । (प्रकरण नं. ८) पुनरावेदक/वादीका तर्फबाट: विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ताहरू श्री धिरेन्द्र सिंह, डा.श्री नेवल चौधरी र श्री अरूणकुमार पञ्जियार अवलम्बित नजिर: ने.का.प. २०७३, अङ्क ८, नि.नं.९६४६ पृष्ठ १४१९ सम्बद्ध कानून: बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री कृष्णप्रसाद पौडेल धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री मुहम्मद साविर हुसैन मा. न्या. श्री नारायणप्रसाद पोखरेल उच्च अदालत जनकपुर फैसला न्या. तिलप्रसाद श्रेष्ठ : उच्च अदालत जनकप