निर्णय नं. ४२५९ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२५९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०२/२० २४५३ निर्णय नं. ४२५९ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको रिट नं. ७८४ आदेश भएको मिति: २०४८।२।२०।२ मा निवेदक : का.न.पा. वा.नं. ३१ बस्ने जितेन्द्रकुमार लोहिया विरुद्ध विपक्षी : कर कार्यालय, हेटौंडासमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) निवेदक इण्डष्ट्रिजले आफ्नै पूँजीमा शतप्रतिशत क्षमता वृद्धि गरेको देखिएको हुनाले औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ११, अनुसूची ४ बमोजिम ४ वर्षको लागि खूद आयमा ५० प्रतिशत छूट पाउने नै हुँदा सुविधा नदिई आयकर निर्धारण गरेको नमिल्ने । (प्रकरण नं. १५) (२) औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(ग) को देहाय (१) तथा अनुसूची २ बमोजिम प्रत्येक थप साठी जनालाई रोजगारी दिएबापत १ वर्षको दरले १८७ जनालाई रोजगारी दिएकोमा ३ वर्ष शतप्रतिशत आयकर मिन्हा पाउने नै देखिने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुशिलकुमार सिन्हा, विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. दैनिक क्षमता ३ टन साबुन उत्पादन गर्ने साबुन उद्योग स्थापना गर्न उद्योग विभागबाट मिति २०२८।३।९ मा इजाजत पाई मिति २०२८।५।२७ मा महाशक्ति सोप एण्ड केमिकल इण्डष्ट्रिज (प्रा.) लि.मा (साविक पेज नं. ६५) दर्ता गरी हेटौंडामा उद्योग स्थापना गरी उत्पादन मूलक आयात प्रतिस्थापक उद्योग मिति २०३२।९।१४ देखि उत्पादन शुरु गरी सञ्चालन गरी आएको छ । उद्योगको इजाजत र दर्ता मितिमा लागू रहेको औद्योगिक व्यवसाय (सं.स.) ऐन, २०१८ को दफा ९ ले उद्योग संचालन मिति देखि १० वर्षसम्म शतप्रतिशत आयकर छूट पाउनु पर्नेमा विपक्षीहरुले औ.व्य.ऐन, २०३० अन्तर्गत पूँजीको आधारमा ५ वर्ष मात्र छूट दिनु भयो र सोही ऐन बमोजिम हेटौंडा क्षेत्रीय स्थितिको आधारमा ‘ख’ वर्गमा पर्ने हुँदा दफा १० ले थप एक वर्ष र दैनिक क्षमता ३ टनबाट बढाई ६ टन शतप्रतिशत क्षमता वृद्धिको मिति २०३९।५।२१ मा उद्योग विभागबाट इजाजत लिई बृद्धि भएकोले दफा ११ तथा अनुसूची ४ ले थप ४ वर्षसम्म ५०% र दफा ९(१)(ग) को अनुसूची २ बमोजिम १८७ जवानलाई थप रोजगारी दिएकोले रोजगारीको आधारमा थप ३ वर्ष छूट पाउने हो । विपक्षीहरुले उद्योगको उत्पादन शुरु भएको मिति २०३२।९।१४ देखि पूँजीको आधारमा मात्र ५ वर्ष छूट दिन निर्णय गरेको सन्दर्भमा निवेदकले द.नं. ३७९२ मिति २०३९।१२।९ मा उजूरी दर्ता गराएकोमा कुनै सुनवाई भएन । क्षमता वृद्धि र रोजगारी वृद्धि भएको बारे सम्बन्धित इकाइबाट प्रमाणित गरी पेश गर्न मिति २०३९।१२।१८ मा उद्योग विभागले सूचना गर्नु भए अनुसार अन्तःशुल्क कार्यालय हेटौंडाबाट क्षमता वृद्धि मिति २०४० साल कार्तिक देखि शतप्रतिशत गरेको भनी मिति २०४३।८।२९ मा प्रमाणित गरी दिएको पत्र मिति २०४३।८।२९ मा उद्योग विभागमा पेश गरेको हुँदा २०४४।३।३० मा उद्योग विभागले जाँच चेक गरी औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ११ को अनुसूची ४ बमोजिम ४ वर्ष ५०% खूद आयमा छूट प्रदान गर्नु भनी कर विभागमा सिफारिश गरी पठाएकोमा कर विभागले सो अवधिको कर छूट दिने विपक्षी कर