निर्णय नं. ११०४६ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०४६ - अंश चलन भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/११/१६ २७४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति: २०७९।११।१६ ०७१-CI-०५३३ मुद्दाः- अंश चलन पुनरावेदक/वादी : बुद्धिनारायणको नाति बुद्धिमान श्रेष्ठको छोरा काठमाडौं जिल्ला गोकर्ण गा.वि.स. वडा नं. ८ बस्ने आशाकाजी श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सुक्रनारायणको छोरा काठमाडौं जिल्ला गोकर्ण गा.वि.स. वडा नं. ८ बस्ने न्हुच्छेनारायण श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. बस्ने नारानदास श्रेष्ठसमेत बाबु-बाजेका नामबाट नामसारी हुँदै वादी प्रतिवादीहरूका नाममा छुट्टाछुट्टै जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको देखिएबाट वादी प्रतिवादीहरूका बाबु-बाजेले आफ्नै पालामा आ-आफ्नो अंश भागको जग्गा आपसमा बन्डा गरी लिइसकेको र सोही जग्गाहरू नामसारी तथा बन्डा हुँदै वादी प्रतिवादीहरूका नामदर्तामा सरी आएको भन्ने देखिने । (प्रकरण नं. ४) अंश मुद्दाका विवादित विषयहरूमा अंशियार पुस्ताका हाँगाको अवस्था र समयको अन्तराल, घरायसी लिखत एवम् मानो चुलो अलगको प्रमाण, भूमिसुधार कार्यालयमा भरिएको लगत, फाँटवारी एवम् भोग, दर्ता स्रेस्ता, अंशियारा भनिएकै व्यक्तिहरूबिच भएका बिक्री व्यवहार कारोबार, जग्गा वा सम्पत्ति घटबढ हुन पनि सक्ने, आदि आधार प्रमाणलाई व्यवहार प्रमाणको रूपमा मध्यनजर गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक/वादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री इन्द्रप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री राजेश्वर अधिकारी, श्री मनोहर साह, श्री कृष्णप्रसाद शर्मा र श्री शारदा ढकाल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत, श्री विश्वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ताहरू श्री राजकुमार श्रेष्ठ, श्री मदनकुमार महत, श्री जनकराज श्रेष्ठ, श्री धिरेन्द्र राउत, श्री रामप्रसाद पोख्रेल, श्री सुदीप नेपाल र श्री रामशरण घिमिरे अवलम्बित नजिर : ने.का.प. २०६६, अङ्क ९, नि.नं. ८२२७ ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०८८ ने.का.प. २०६३, अङ्क ९, नि.नं. ७७६१ ने.का.प. २०५४, अङ्क ३, नि.नं. ६३२९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री लिप्तबहादुर थापा क्षेत्री काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या श्री भीमबहादुर बोहरा मा. न्या श्री सहदेवप्रसाद बास्तोला पुनरावेदन अदालत पाटन फैसला न्या. डा. कुमार चुडाल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) बमोजिम पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः मुद्दाको तथ्यगत बेहोरा बुद्धिनारायण श्रेष्ठका ३ छोराहरूमध्ये जेठा छोरा सुकनारायण श्रेष्ठको परलोक भई निजको हक खाने २ छोरा र २ छोरीहरूमा छोरीहरूको विवाह भइसकेको छ । जेठा छोरा पञ्चनारायण परलोक भई निजको हक खाने रूद्रनारायण हुन् । कान्छो छोरा प्रतिवादी न्हुच्छेनारायण हुन् । बुद्धिनारायणको कान्छो छोरा कान्छा श्रेष्ठको परलोक भई निजको हक खाने १ छोरी र २ छोराहरूमा छोरीको विवाह भइसकेको छ । छोराहरूमा टिकाराम र तुसिंहमध्ये टिकाराम परलोक भइसकेको तथा निजको कुनै सन्तान छैन । हामीहरूको भाइ तथा दाजु चङ्खे श्रेष्ठ हाल कोरियामा भएकाले वादी बनाउन सकिएको छैन । हाम्रोबिचमा बन्डा गर्नुपर्ने सम्पत्ति मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम बन्डा