निर्णय नं. ११०४७ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०४७ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०९/०५ १९६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।९।५ ०७३-WO-०९५६ मुद्दा : उत्प्रेषणसमेत निवेदक : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१० बस्ने सत्यराम सुवाल विरूद्ध प्रत्यर्थी : सेवा आयोगको कार्यालय, त्रिभुवन विश्‍वविद्यालय, कीर्तिपुर, काठमाडौंसमेत समावेशीको अर्थ सो वर्गबाट सहभागितासम्म सुनिश्‍चित गर्ने हो । परीक्षा वा अन्तर्वार्ता अनुत्तीर्ण व्यक्ति पनि उत्तीर्ण हुनुपर्छ भन्‍ने होइन । यस्तो तर्कलाई स्वीकार गर्न मिल्दैन । विशेषतः शिक्षाको क्षेत्रमा यस्तो तर्क स्वीकार गर्ने हो भने शिक्षा क्षेत्र नै धरासायी हुने । (प्रकरण नं. ५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री ऋषिराम घिमिरे र श्री भिमार्जुन आचार्य प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजेन्द्र खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् ठहर यस प्रकार छः तथ्य खण्ड विपक्षीमध्ये त्रिभुवन विश्‍‌वविद्यालय सेवा आयोगको कार्यालयद्वारा विज्ञापन नं.०७।२०७२-२०७३ मार्फत क्रमसंख्या ९ मा कम्प्युटर विज्ञान विषयको उपप्राध्यापक पदको पदपूर्तिका निम्ति आदिवासी जनजातितर्फ १ सिटको लागि भनी मिति २०७२।०६।१५ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । मैले आवश्यक कागजात संलग्न गरी सो पदका लागि आवेदन फाराम भरेकोमा विपक्षी त्रिभुवन विश्‍‌वविद्यालय सेवा आयोगको कार्यालयबाट लिखित परीक्षासम्बन्धी सूचनामा कम्प्युटर विज्ञान विषयको उपप्रध्यापक पदमा आवेदन दिने न्यूनतम योग्यता पुगेका उम्मेदवार लिखित परीक्षाको लागि योग्य छन् भनी आदिवासी जनजाति कोटामा मेरो मात्र मात्र रोल नं. ४२ प्रकाशित भएको थियो । सूचनाअनुरूप म मिति २०७२।१२।८ को लिखित परीक्षामा संलग्न भई सोको परीक्षाफल मिति २०७३।४।४ मा प्रकाशित हुँदा कम्प्युटर विज्ञान विषय, आदिवासी जनजातितर्फ म निवेदक (रोल नं. ४२) उत्तीर्ण भएको थिएँ । विपक्षी सेवा आयोगबाट मिति २०७३।१०।२८ मा लिइएको अन्तवार्तामा म संलग्न भएकोमा विपक्षी सेवा आयोगले विज्ञापन नं. ७।२०७२-२०७३, अन्तर्गत आदिवासी जनजातितर्फ कम्प्युटर विज्ञान विषयको सिट खाली राखी परिणाम प्रकाशित गर्‍यो । अन्तर्वार्तामा मेरो नाम प्रकाशित नभएपछि के कसो भएको रहेछ भनी बुझ्दा विपक्षीमध्येको श्री त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले सेवा आयोगलाई उपप्राध्यापक पदको नियुक्तिमा हुन लागेको त्रुटि सच्याउन मिति २०७३।६।१४ मा पत्राचार गरेको भन्‍‌ने कुरा पत्रपत्रिकामार्फत थाहा जानकारी भयो । त्यस्तैगरी, विपक्षीमध्येको श्री शिक्षाध्यक्षको कार्यालय, पाठ्यक्रम विकास केन्द्रबाट मिति २०७०।६।४ मा त्रिभुवन विश्‍‌वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानहरूले Entry Requirement पूरा नगरी Open Stream बाट भर्ना भई अध्ययन गरेको कार्यक्रमको हकमा Science Degree का साथै इन्जिनियरिङ तहसरहको मान्यता दिन नमिल्ने, जसलाई सामान्य अर्थमा स्नातक/स्नातकोत्तर तहसरह भनी उल्लेख गर्ने भनी निर्णय गरेको रहेछ । विपक्षी शिक्षाध्यक्षको कार्यालय, पाठ्यक्रम विकास के