निर्णय नं. ११०४८ - करार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०४८ - करार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ । भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७८/११/१३ २०२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति: २०७८।११।१३ ०७२-CI- ०९३६ मुद्दा- करार अनुरूपको अग्रिम भुक्तानी लिएको रकम दिलाइपाऊँ । पुनरावेदक/वादी : सुनसरी जिल्ला, खनार गाउँ विकास समिति वडा नं. ६ स्थित वंशल नेपाल प्रा.लि. का तर्फबाट अख्तियार प्राप्‍त मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. १ बस्ने अधिवक्ता रामप्रसाद भण्डारी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सुनसरी जिल्ला, सोनापुर गाउँ विकास समिति वडा नं. २ घर भई हाल जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ६ बस्ने तोरण कार्की मनासिब माफिकको समय निर्धारण गर्दा पक्षहरूले मुख मिलेको तथ्यका सम्बन्धमा सोही अनुकूल र मुख नमिलेमा कुनै पक्षलाई अन्यायिक समृद्धि (unjust enrichment) नहुने गरी मुद्दा गर्ने समयबारे निष्कर्षमा पुग्नु उपयुक्त देखिने । मनासिब माफिकको समयसम्म कुर्दा पनि करारको परिपालना हुने वातावरण सिर्जना नभएमा पक्षहरूमध्ये कसैले दाबी गरेको पछिल्लो मितिलाई मुद्दा गर्नुपर्ने कारण परेको मान्‍नु न्यायोचित देखिने । (प्रकरण नं. ५) करारका पक्षहरूबिच करार सम्झौता भएको मितिदेखि नै करारीय दायित्व सुरू हुनसक्ने भए तापनि पक्षहरूबिच करार गर्दा नै कुन कार्य के कति समयमा सम्पन्‍न गर्ने, सम्पन्‍न नभएमा परिणाम के हुने, कस्तो अवस्था परिस्थिति परेमा करार रद्द भएको मानिने भन्‍ने जस्ता सामान्य सर्तहरू करारमा हुनु अपेक्षित हुने । करारमा संलग्न पक्षहरू वैध अपेक्षासहित सकारात्मक परिणामको लागि करार सम्झौता गरिने हुँदा करार सम्झौता गर्दादेखि नै कुन मितिमा करार भङ्ग हुनसक्छ भन्‍ने पूर्वअनुमान गर्न नसकिने, तर कुन अवस्था परिस्थिति वा सर्तको उल्लङ्घनमा करार भङ्ग हुन्छ भन्‍ने विषय पक्षहरूको क्रियाकलाप, आचरण, संवाद आदि जस्ता विषयका आधारमा निर्क्यौल गर्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री शेरबहादुर के.सी. अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क २, नि.नं. ८७७३ सम्बद्ध कानून : करार ऐन, २०५६ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री लक्ष्मीकृष्‍ण श्रेष्‍ठ सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मु. न्या. श्री गोपाल पराजुली मा. न्या. श्री गिरिराज पौड्‍याल पुनरावेदन अदालत विराटनगर फैसला न्या. अनिलकुमार सिन्हा : पुनरावेदन अदालत विराटनगरको मिति २०६८।११।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा वादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा विपक्षी तोरण कार्कीको नाममा दर्ता कायम भएको जग्गा वंशल नेपाल प्राइभेट लिमिटेडको साँधमा पर्ने भई सो जग्गा प्रतिवादीले बेच्ने तथा वादीले खरिद गर्ने गरी कानूनबमोजिम प्रथम पक्ष प्रतिवादी तथा दोस्रो पक्ष फिरादी भई जिल्ला सुनसरी खनार गाउँ विकास समिति वडा नं. ६(ग) कि.नं.८४, ८६ तथा जिल्ला सुनसरी सोनार गाउँ विकास समिति वडा नं. १(क) कि.नं. ३२, ३३, २१४, १२७ र २७१ समेतको जग्गा प्रतिबिगाहा रू. २८,००,०००।– (अठ्ठाइस लाख) मा प्रतिवादीले बिक्री गर्ने तथा वादीले खरिद गर्ने प्रस्ताव र स्वीकृति भई बिक्रीको निमित्त करार लिखत तयार गरी