निर्णय नं. ११०५० - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०५० - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७६/०४/१३ ७५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।४।१३ ०७६-WH-०००५ विषय:– बन्दीप्रत्यक्षीकरण निवेदक : सिंहबहादुर तामाङको छोरा, मकवानपुर जिल्ला, हाडीखोला गा.वि.स., वडा नं.३ हाल परिवर्तित मनहरि गाउँपालिका, वडा नं.३ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेको ज्ञानु भन्ने ज्ञानबहादुर बल लामा विरूद्ध विपक्षी : कारागार कार्यालय, जगन्नाथदेवल, त्रिपुरेश्वर, काठमाडौं कारागार नियमावली, २०२० ले कैद कट्टीलाई हक अधिकारको रूपमा नभई कैदीले कारागारभित्र निर्वाह गरेको भूमिकालाई कारागार प्रशासनले जाँची हेरी सोबापत कैद कट्टीमा छुट प्रदान गर्न सक्ने सुविधाको रूपमा चित्रित गरी कैद कट्टी गर्नपर्ने गरी बाध्यात्मक व्यवस्था गरेको नपाइने । कारागारभित्र इमानदारीसाथ काम गरेको नगरेको भन्ने सम्बन्धमा निजको इमानदारिता र बफादारिता निज स्वयंले निर्धारण गर्ने नभई सम्बन्धित कारागार कार्यालयले मूल्याङ्कन गर्ने विषय हुने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङ विपक्षी तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ तथा १३३ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ: तथ्य खण्ड म निवेदक मिति २०६७।४।१ देखि २०७१।१०।१० सम्म सहनाइके र २०७१।१०।११ देखि २०७६।३।१० सम्म नाइके भई आन्तरिक प्रशासनमा नियुक्ति भई काम गरेँ । कारागार नियमावली, २०२० को नियम २९ को (२) (३) बमोजिम सहनाइके हुँदाका अवधि ४।६।९ दिनको ०।४।१५ र नाइके हुँदाको अवधि ४।४।१५ दिन गरी जम्मा ०।११।० मैले सुविधा प्राप्त भएको अवस्था छ । म निवेदकले काम गरेबापत पाउने उल्लिखित सुविधाको विवरण विपक्षी कारागार कार्यालयलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नगरी थुनामा राखिरहेको छ । म जस्तै थुनामा रहेका सहनाइके, भाइ नाइके भई कैद तथा जरिवानाबापत सुविधा लिई नवराज रिजाल ०।६।४ र रूद्रे भन्ने भिमबहादुर बन्नेत १।६।३ थुनामुक्त भइसकेका छन् । हिसाब गर्दा म निवेदक पनि २०७६।३।४ मा थुनामुक्त हुनुपर्ने हो । म निवेदकले मिति २०७६।३।१० गते सो काम गरेबापत सुविधा विवरणको निवेदनसहित पेस गर्न लाग्दा कारागार प्रशासनले निवेदन दर्ता गर्न इन्कारी गरेकोले म अन्यायमा परेको छु । नेपालको संविधानको धारा १७, १८, २०, २१ र २५ द्वारा प्रदत्त स्वतन्त्रताको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हकलगायत संवैधानिक हक एवं कानूनी हक अधिकारमा प्रत्यक्ष रूपमा आघात पुर्याई अन्यायमा पारी गैरकानूनी रूपमा थुनामा रहन परेकोले कारागार नियमावली, २०२० को नियम २९ को (२)(३) बमोजिम म निवेदकलाई सुविधा प्रदान गर्न गराउन नेपालको संविधानको धारा ४६, १३३(२) र (३) समेतका आधारमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी कानूनबमोजिम मैले प्राप्त गरेको सुविधा प्राप्त ११ महिनाको कैद अवधि कट्टा नगरी हालसम्म गैरकानूनी रूपमा थुनामा राखेकोले म थुनामुक्त हुनुपर्ने मिति २०७६।३।४ ले गैरकानूनी थुनाको अवधिसमेतको कानूनबमोजिम क्षतिपूर्तिसमेत दिलाई भराइदिनु भनी आदेशसमेत जारी गरिपाउँ भन्नेसमेत बेहोर